श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले दक्ष जनशक्ति निर्माण गरी युवाका लागि नेपालमै उपयुक्त वातावरण बनाउने सरकारको प्राथमिकता रहेको बताएका छन् । सरसफाइ अभियन्ता नमस्तेलाल भूमि श्रेष्ठको पुस्तक 'सकारात्मक सोच, खोज र रोज'को विमोचन गर्नुहुँदै मन्त्री श्रेष्ठले सकारात्मक सोचका साथ मुलुकको विकास र समृद्धि अभियानमा लाग्न आग्रह गरेका हुन् । धेरै ठूलो त्याग, तपस्या र बलिदानबाट अहिलेको राजनीतिक प्रणाली स्थापित भएको चर्चा गर्नुहुँदै उहाँले अबको एउटै लक्ष्य मुलुकको समृद्धि भएक