समृद्धि फाइनान्सद्वारा साइकल र्‍याली

‘जीवनको लागि स्वास्थ्य’ भन्ने नाराका साथ समृद्धि फाइनान्स कम्पनी लिमिटेडले बिहीवार साइकल र्‍याली गरेको छ।...

सम्बन्धित सामग्री

समृद्धि फाइनान्सद्वारा काठमाडौंमा साइकल र्‍याली

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले बिहीवार काठमाडौंमा साइकल र्‍याली गरेको छ । ‘जीवनको लागि स्वास्थ्य’ भन्ने नाराका साथ शंकरदेव कलेजअगाडि ट्याक्सी स्ट्यान्डबाट शुरु भएको र्‍याली न्यूप्लाजा हुँदै डिल्लीबजार, बागबजार, रत्नपार्क, भद्रकाली, सिंहदरबार, माइतीघर, बिजुलीबजार, बानेश्वर, थापागाउँ, अनामनगर हुँदै पुनः शंकरदेव कलेजअगाडि आएर सकिएको थियो ।  र्‍यालीमा समृद्धि फाइनान्सका अध्यक्ष ठाकुरप्रसाद भट्टराई, सञ्चालक विनोद कुमार सुवेदी, सञ्चालक जे.बी. हमाल, सीईओ टीकानिधि लोहनीका साथै फाइनान्सका १९ जना कर्मचारीहरूको सहभागिता रहेको थियो ।  फाइनान्सले यही कात्तिक २५ गते २२ औं वार्षिकोत्सव मनाउँदै छ । वार्षिकउत्सवका अवसरमा फाइनान्सले कात्तिक १९ देखि विभिन्न कार्यक्रम गरिरहेको छ । फाइनान्सले २५ गतेसम्म वार्षिकउत्सव सप्ताह मनाउन लागेको हो । वाािर्षकोत्सव सप्ताहअन्तर्गत फाइनान्सको पुतलीसडक शाखाले यही कात्तिक १९ गते र जनकपुर शाखाले कात्तिक २२ गते सरसफाई तथा डस्टबिन वितरण कार्यक्रम गरिसकेको छ ।  नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको यस कम्पनीले हाल १३ वटा शाखाहरूमार्फत कारोबार गर्दै आएको छ । कम्पनीले आरटीजीएस, आईपीएस, कनेक्ट आईपीएस, विप्रेषण, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबिट कार्ड, क्यूआर कोड जस्ता सुविधाहरू प्रदान गरिरहेको जानकारी दिएको छ ।