नेपाल एसबिआई बैंकले धनवृद्धि योजना सार्वजनिक गरेको छ । जसअन्तर्गत ग्राहकले जम्मा गरेको रकम ६ वर्ष ६ महिनामा २ गुणा तथा १० वर्ष ३ महिनामा ३ गुणा भन्दा बढी प्रतिफल दिने मुद्दती खाता सन्चालनमा ल्याएको हो ।उक्त खातामा ब्याज सावाँमा पुँजीकृत हुँदै परिपक्वता पश्चात एकमुष्ट रकम भुक्तानी हुनेछ । बैंकले ग्राहकहरुलाई खातामा रहेको सावाँ रकमको ९० प्रतिशतसम्म ऋण दिन सकिनेछ । यो योजना नेपाल एसबिआई बैंकको कुनै पनि शाखाबाट लिन सकिने जनाइएको छ । साथै संस्थाको हकमा जम्मा गरेको रकम ७ वर्षमा २ गुणा तथा १