सुदूरपश्चिमका मुख्यमन्त्री कमल शाहले प्रदेशमा जनप्रतिनिधिका नाममा हुने ९० प्रतिशत गलत कामहरु रोकेको बताएका छन्।
प्रेस युनियनले बैतडीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले विगतमा संघीयताको बदनाम हुने किसिमले हुने गरेका...
प्रदेश सभाबाट सहजै विश्वासको मत पाए पनि मन्त्रालय भागबन्डा टुंगो लाग्न नसक्दा मन्त्रिपरिषद्ले पाएन पूर्णता
केन्द्रमा राजनीतिक समीकरण फेरिएसँगै सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभाबाट सहजै विश्वासको मत पाए पनि मन्त्रिपरिषद्...
१४ फागुन, धनगढी । राष्ट्रपति निर्वाचनअघि केन्द्रमा नेपाली कांग्रेससहित ८ दलको गठबन्धन बनेपछि सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह विश्वासको मत पाउनेमा ढुक्क देखिएका छन् । एमालेका राजेन्द्र सिंह रावलले विश्वासको मत नपाएपछि ठूलो दलको संसदीय दलको नेताको हैसियतमा २६ माघमा मुख्यमन्त्रीमा नियुक्त भएका शाह एमाले–माओवादीको समीकरण रहँदासम्म विश्वासको मत नपाउने हो कि भन्ने आशंकामा थिए । […]
काठमाडौं २८ पुष। सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। उनलाई प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन्। एमाले, माओवादी र नागरिक उन्मुक्ति पार्टी मिलेर हिजो प्रदेश प्रमुखसँग रावलले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए। यस्तै मुख्यमन्त्री रावलले आज नै दुई जना सांसद्लाई मन्त्रीको सपथ खुवाएका छन्। नियुक्त हुनेमा […]
नेकपा माओवादी केन्द्रका प्रस्तावित पोलिटब्युरो सदस्य रहेका दुई मुख्यमन्त्री आगामी मंसिर ४ गतेको चुनावमा उम्मेदवार बन्न पाएनन् । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ आसन्न निर्वाचनमा उम्मेदवार हुनबाट वञ्चित भएका हुन् ।२०७४ सालको चुनावमा भट्ट डोटी प्रदेश सभा ‘ख’बाट र केसी रोल्पा प्रदेशसभा ‘क’बाट प्रत्यक्ष निर्वाचित भएका थिए । भट्ट पूरा कार्यकाल सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बन्न सफल भए भने के
धनगढी : सुदूरपश्चिममा मुख्यमन्त्री र प्रमुख प्रतिपक्षी दलका सांसदहरुको वार्ता निष्कर्षविहीन भएको छ। मुख्यमन्त्री त्रिलोचन भट्टले नेकपा एमाले, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीलाई मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा छलफलका लागि बोलाएकोमा बैठक निष्कर्षविहीन भएको हो।बैठकमा प्रतिपक्षी दलहरुले बजेट संशोधनबारे मुख्यमन्त्री भट्टलाई १४ बुँदे सुझावसहितको मागपत्र बुझाएका छन्। बजेट पारित गर्ने विषयमा सरकार र प्रतिपक्षबीच वार्ता भएको थियो। करिब ३ घण्टाको वार्ता सकारात्मक रहेपनि कुन
काठमाडौं / सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार बसेको प्रदेश सभा बैठकमा उनलाई ३० सांसदले विश्वासको मत दिएका हुन् ।
The post सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत appeared first on Purbeli News.
काठमाडौं, जेठ ४ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । सेती प्रादेशिक अस्पतालका प्रयोगशालामा गरिएको पिसिआर परीक्षण गर्दा उनमा सङ्क्रमण पुष्टि भएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ । मुख्यमन्त्री भट्ट चिकित्सकको निगरानीमा होम आइसोलेसनमा रहेका छन् ।
धनगढी,३ जेठ: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । सेती प्रादेशिक अस्पतालका प्रयोगशालामा गत वैशाख २७ मा पिसिआर परीक्षण गर्दा उहाँमा सङ्क्रमण पुष्टि भएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ । उनी चिकित्सकका निगरानीमा होम आइसोलेसन रहेको मुख्यमन्त्रीका स्वकीय सचिव प्रेम कुँवरले जानकारी दिए ।-रासस/File Photo
२३ वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई मातृशोक परेको छ । मुख्यमन्त्री भट्टकी आमा शारदा देवी भट्टको ८४ वर्षको उमेरमा बिहीबार निधन भएको हो । मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह ओलीले उनको डोटीको केआईसिंह गाउँपालिका–६ निवासी घरमै निधन भएको जानकारी दिए । केही दिनदेखि अस्वस्थ उनको बिहीबार करिब साढे ५ बजेतिर निधन भएको स्वकीय […]