बौद्धिमाईका मेयर यादवलाई कारवाही गर्न माग गर्दै स्थानीयद्वारा विरोध प्रदर्शन : RajdhaniDaily.com

RajdhaniDaily.com | रौतहट । रौतहटको बौद्धिमाई नगरपालिकाका मेयर प्रदिप यादवलाई कारवाही गर्न स्थानीयले माग गरेका छन् । बिना सूचना गुण्डागर्दी शैलीमा स्थानीय जनताको घर भत्काउने -

सम्बन्धित सामग्री

जनकपुरका युवाको हत्या विरोधमा स्थानीयद्वारा प्रदर्शन

जनकपुरधामका दुई युवाको भारतमा अपहरणपछि भएको हत्याको विरोध गर्दै मृतकका परिवार र आफन्तहरूले जिल्ला प्रहरी कार्यालय धनुषामा विरोध प्रदर्शन गरेका छन् ।

भारतीयलाई नागरिकता दिएपछि स्थानीयद्वारा जनप्रतिनिधिलाई कारबाही माग

नक्कली अभिभावक खडा गरेर भारत दार्जिलिङ घर भएकी रजनी राईले प्रशासनबाट नागरिकता लिएपछि स्थानीयहरूले नागरिकता दिन सिफारिस गर्ने कर्मचारी र जनप्रतिनिधिलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन गरेका छन्  । रजनी राईले निजगढ नगरपालिका वडा नं १२ रामथली बस्ने श्यामराज गोले र जिरामाया गोलेलाई नक्कली बुवा आमा खडा गरेर ईलाका प्रशासन कार्यालय सिमराबाट नागरिकता लिएकी थिइन्  । वडा कार्यालयले दिएको सिफारिसका आधारमा राईले जेठ २३ गते जन्मदर्ता र त्यस लगत्तै जेठ २४ गते नागरिकताको लागि प्रक्रिया सुरु ग

स्थानीयद्वारा डुम्रे-बेँसीसहर सडकखण्ड पुनः अवरुद्ध

तनहुँको भानु नगरपालिका–९ बाइसजाँगरका स्थानीयवासीले पुनः सडक अवरुद्ध पारेका छन् । सोही ठाउँका १७ वर्षीय सनिज श्रेष्ठको सुन्दरबजार–९ स्थित मर्स्याङ्दी नदीमा मङ्गलबार डुबेर मृत्यु भएको घटनामा पीडितको जाहेरी नलिएपछि स्थानीयवासीले बिहीबार साँझदेखि बाइसजाँगरमा सडक अवरुद्ध पारेका हुन् ।कानुनअनुसार अगाडि बढ्ने र निषेधाज्ञा तथा विरोध प्रदर्शन नगर्ने सहमति भएसँगै बुधबार गरिएको आन्दोलन स्थानीयवासीले फिर्ता लिएका थिए । असहज परिस्थिति सिर्जना भएसँगै प्रशासनले सिउडीबजार क्षेत्रमा निषेधाज्ञासमेत लग

धरानमा खानेपानीको समस्या बढ्दै, स्थानीयद्वारा व्यवस्थापन बोर्डमै विरोध प्रदर्शन

फागुन २३, धरान । सुक्खायाम शुरु नभई धरानमा खानेपानीको अभावको समस्याले वर्षेनी उपभोक्ताहरू खानेपानीको माग गर्दै आन्दोलनमा उत्रिनु पर्ने बाध्यता रहेको छ ।  धरानको खानेपानी अभाव पूर्ती गर्न एशियाली विकास बैंकको ऋण तथा अनुदानमा परियोजना सञ्चालन गरेपनि खानेपानीको अभावविरुद्ध वर्षेनी उपभोक्ताले आन्दोलन गर्नु परेको हो । यस वर्ष पनि उपभोक्ताहरु खानेपानीको माग गर्दै आन्दोलनमा उत्रिएका छन् ।  खानेपानी व्यवस्थापन बोर्डले धरानमा पानीको कृत्रिम अभाव सिर्जना गरेको भन्दै वडाध्यक्षले नै आन्दोलनको नेतृत्व गरिरहेका छन् । धरानमा खानेपानीको अभाव बढ्दै गएपछि धरान–९ का वडाअध्यक्ष रत्न कटुवालको नेतृत्वमा स्थानीयले विरोध प्रदर्शन गरेका छन् ।  लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका धरान–९ का बासिन्दाले आइतवार धरान–१३ मा रहेको खानेपानी व्यवस्थापन बोर्डमै पुगेर विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले अघिल्लो वर्ष पनि करीब १५ दिनसम्म दिनहुँ तत्कालिन धरान खानेपानी संस्थानको गेट अगाडी धर्ना नै दिएका थिए । सुक्खा मौसमसँगै खानेपानीका मुहान सुक्न थालेपछि धरान उपमहानगरपालिकामा खानेपानीको हाहाकार हुन थालेको हो । खानेपानीको अभाव हुन थालेपछि बोर्डले दिन बिराएर पानी वितरण गर्न थालेको थियो । दिन बिराएर पानी वितरण गर्ने भनेपनि बोर्डले भने वितरण गर्न सकेको छैन ।  तत्कालिन संस्थानलाई केही महीना अघि पूर्ण रुपमा बोर्डमा गाभिएको थियो । त्यसपछि धरानमा खानेपानी वितरण गर्ने जिम्मा बोर्डमा आएको हो । संस्थानलाई बोर्डमा गाभेपनि धरानमा पानी वितरणमा आएको समस्या समाधान हुन भने सकेको छैन ।  वितरण प्रणालीमा देखिएको समस्या पहिचान गर्न नसक्दा धरानमा पानीको अभाव हुन थालेको स्थानीय बताउँछन् । १० दिनदेखि धारामा पानी नआउँदा खानेपानी किनेर भएपनि खाइरहेका छौं तर ट्वाइलेट जान समेत पानी नहुँदा झन् आपत परेको स्थानीयको भनाइ छ ।  धरानले आज मात्रै हैन धेरै वर्षदेखि खानेपानीको समस्या भोग्दै आइरहेको छ । लामो समयदेखि समस्या आएपनि बोर्डले समाधानका उपाय खोजि गर्न नसकेको स्थानीय बताउँछन् ।  केहि दिनअघि धरान बोर्डका अध्यक्ष तथा धरान उप–महानगरपालिकाका मेयर तिलक राईले पत्रकार सम्मेलन गर्दै धरानमा भएको खानेपानीको समस्या चाडै समाधान गर्ने प्रतिवद्धता जनाएका थिए । धरानको उप निर्वाचनमा उनको घोषणा पत्र मै पहिलो एजेण्डा बनेको थियो । तर उनको प्रतिवद्धता भाषणमै मात्रै रहँदा समस्याको समाधान हुन नसकेको स्थानीयको भनाइ छ ।  धरान वडा नम्बर–९ का वडाध्यक्ष कटुवाल भन्छन्, ‘हामिले पटक पटक खानेपानीको समस्याको विषय लिएर खानेपानी व्यवस्थापन बोर्ड धाउने गरेका छौ, अब आउँछ भनेर आशा देखाएको धेरै भयो अब पनि केहि गर्न सकेन भने हामी फेरि आन्दोलन गर्न बाध्य भएका छौं ।’  यता बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलले बिजुलीको समस्या हुँदा पानी वितरण गर्न समस्या रहेको बताउँछन् । उनले भने, बिजुली हुँदा हामीले पानी वितरण गरिरहेको छौं र कुनै कुनै ठाउँमा पानीको पाइप ब्लक हुने गर्छ, त्यो ब्लक हुने समस्या पनि हामी चाँडै व्यवस्थापन गर्ने तयारी गरिरहेका छौं ।’

रुसी सैनिकले कब्जा गरेको खेर्सन शहरमा स्थानीयद्वारा रुस विरोधी प्रदर्शन

रुसी सैनिकले कब्जा गरेको युक्रेनको शहर खेर्सनमा स्थानीय बासिन्दाले विरोध प्रदर्शन गरेका छन्। हजारौँ प्रदर्शनकारीले तटीय शहर खेर्सनमा रुसले गरेको कब्जाविरुद्ध प्रदर्शन गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । खेर्सन जारी युद्धमा रुसले कब्जा गरेको अहिलेसम्मकै ठूलो युक्रेनी शहर हो । करिब दुई हजार स्थानीय बासिन्दाले शहरमा प्रदर्शन गरेको हुन् । उनीहरुले युक्रेनी झण्डा फराउँदै राष्ट्रिय […]

गिलगिट बाल्टिस्तानमा सेनाले जग्गा कब्जा गरेको भन्दै स्थानीयद्वारा विरोध प्रदर्शन

पाकिस्तानको गिलगिट बाल्टिस्तानका स्थानीयहरूले नोपुरा गाउँमा पाकिस्तानी सेनाले जबरजस्ती आफ्नो कमाइ गर्ने भूमि अधिग्रहण गरेको भन्दै विरोध प्रदर्शन गरेको पाकिस्तानी सञ्चारमाध्यमहरूले जनाएका छन्।

सुनसरीको प्रहरी हिरासतमा एक जना मृत फेला, स्थानीयद्वारा विरोध प्रदर्शन

इटहरी । जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा एक जना थुनुवा मृत अवस्थामा फेला परेका छन् । इनरुवास्थित कार्यालयमा मृत भेटिने ती व्यक्ति मुस्लिम समुदायको भएको खुले पनि अन्य जानकारी प्रहरीले दिइसकेको छैन । मृत्युको विरोधमा स्थानीयहरुले भने इनरुवामा विरोध प्रदर्शन थालेका छन् । बिहानैदेखि सडक अवरुद्ध गर्नुका साथै टायर बालेर विरोध प्रदर्शन गरेका हुन् । […]

वडाध्यक्ष कुटिएपछि स्थानीयद्वारा चौकीमाथि तोडफोड र विरोध प्रदर्शन

भीमदत्तनगर । कञ्चनपुरको पुनर्वास नगरपालिका–११ का वडाध्यक्षमाथि प्रहरीले कुटपिट गरेपछि स्थानीयले आज बिहानैदेखि विरोध प्रदर्शन गरेका छन् । बिहीबार राति...