भारतीयलाई नागरिकता दिएपछि स्थानीयद्वारा जनप्रतिनिधिलाई कारबाही माग

नक्कली अभिभावक खडा गरेर भारत दार्जिलिङ घर भएकी रजनी राईले प्रशासनबाट नागरिकता लिएपछि स्थानीयहरूले नागरिकता दिन सिफारिस गर्ने कर्मचारी र जनप्रतिनिधिलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन गरेका छन्  । रजनी राईले निजगढ नगरपालिका वडा नं १२ रामथली बस्ने श्यामराज गोले र जिरामाया गोलेलाई नक्कली बुवा आमा खडा गरेर ईलाका प्रशासन कार्यालय सिमराबाट नागरिकता लिएकी थिइन्  । वडा कार्यालयले दिएको सिफारिसका आधारमा राईले जेठ २३ गते जन्मदर्ता र त्यस लगत्तै जेठ २४ गते नागरिकताको लागि प्रक्रिया सुरु ग