उपत्यकाको सडक दुर्घटनामा दुईपांग्रे (मोटरसाइकल र स्कुटर) को स्थान बढ्दै गएपछि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विद्यार्थी लक्षित कार्यक्रमलाई प्राथमिकता दिएको छ । कार्यालयले झन्डै साता दिनदेखि निरन्तर सडकमा हिँड्ने विद्यार्थीलाई लक्षित गर्दै ट्राफिक चेकजाँचलाई बढाएको छ। कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा उपत्यकामा भएका करिब १० हजार ७ सय ३३ सडक दुर्घटनामा ८ हजार ३ सय ६४ घटना दुईपांग्रे थिए। उपत्यकाकै तीन जिल्लामा सडक दुर्घटनाबाट मृत्यु भएका १ सय ९१ जनामध्ये १ सय १७ जना दुई