देशको बाँकी भूभागसंग राजधानी काठमाडौं उपत्यकालाई जोड्ने प्रमुख मार्गका रुपमा रहेको नागढुंगामा निर्माणाधीन सुरुङमार्गको ६० प्रतिशत काम सम्पन्न भएको छ । जापान सरकारको १६ अर्ब रुपियाँ र घरजग्गा प्राप्तिका लागि नेपाल सरकारको ६ अर्ब गरी कुल २२ अर्ब लगानीमा यो सुरुङ्मार्ग निर्माण भइरहेको छ । आयोजना प्रमुख नरेशमान शाक्यले आगामी वर्षको साउन अन्त्यतिर यस आयोजनाको …