दोर्दी खोलाको ९७ प्रतिशत काम सम्पन्न

काठमाडौं। दोर्दी खोला जलविद्युत आयोजनाको ९७ प्रतिशत काम सम्पन्न भएको छ। हिमालयन पावर पार्टनर लिमिटेडले बनाइरहेको दोर्दी खोलाको काम अन्तिम चरणमा पुगेको हो। २७ मेगावाट क्षमताको जलविद्युत आयोजनामा इलोट्रो–मेकानिकल र पेनस्टक जडानको काम मात्र बाँकी छ। अहिले तीन हजार २०० मिटरको सुरुङ खन्ने र पाइप विच्छ्याउने र अर्को दुई हजार २७० मिटरको सुरुङको काम सम्पन्न भइसकेको छ।

सम्बन्धित सामग्री

अन्तिम चरणमा दोर्दी–१ आयोजनाको निर्माण कार्य

काठमाडौँ,२३ असार । यहाँ निर्माणाधीन दोर्दी–१ जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिमचरणमा पुगेको छ । दोर्दी खोला जलविद्युत् कम्पनीले निर्माण गरेको यस आयोजनाको निर्माण कार्य ९९ प्रतिशत सम्पन्न भएको आयोजना प्रमुख उज्जवल सिलवालले बताए । उनले भने, “हामीले आयोजनाको अधिकांश काम सम्पन्न गरिसकेको र अब नाली बनाउने, केही भागमा सफा गर्ने कार्य बाँकी छ, बिजुली उत्पादनका […]

मर्स्याङ्दी कोरिडोर प्रसारण लाइन : उदिपुर–मार्कीचोक–भरतपुर खण्डको काम ५०% सकियो

फागुन २, म्याग्दी । म्याग्दीको मर्स्याङ्दी कोरिडोरअन्तर्गत निर्माणाधीन २२० केभी उदिपुर–मार्कीचोक–भरतपुर डबल सर्किट प्रसारण लाइन आयोजनाको निर्माण कार्य ५० प्रतिशत सम्पन्न भएको छ ।  विविध कारणले यस आयोजनाको निर्माण कार्यमा ढिलाइ हुँदा अझै ५० प्रतिशत निर्माण गर्न बाँकी रहेको आयोजनाका महाशाखा प्रमुख नारायण रेग्मीले बताए ।  उनका अनुसार लमजुङको उदिपुरदेखि चितवनको भरतपुरसम्म यो प्रसारण लाइन पुग्नेछ । त्यसका लागि १९३ ओटा टावर आवश्यक पर्ने उनको भनाइ थियो । यीमध्ये हालसम्म १८ ओटा टावर खडा भइसकेको छ भने ४५ टावरको जग तयार गर्ने कार्य भएको छ । ‘दोर्दी कोरिडोरका आयोजनाको विद्युत् मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्रको स्वीचयार्डसम्म पुर्‍याउनका लागि ६ किलोमिटरसम्म यही प्रसारण लाइनको काम अघि बढिरहेको छ । उदिपुरदेखि मध्यमर्स्याङ्दी खण्डको ६ किलोमिटर खण्डमा १७ ओटा टावर उठाइएकाले सोमवारदेखि तार तान्ने कार्य भइरहेको महाशाखा प्रमुख रेग्मीले बताए । उनका अनुसार तार तान्ने काम दुई महीनाभित्रमा सम्पन्न हुनेछ । ६ किलोमिटर खण्डको निर्माण गत जेठभित्रै सम्पन्न गर्ने लक्ष्य रहेपनि कोरोनाको महामारी रोकथामका लागि लगाइएका निषेधाज्ञालगायत विविध कारण निर्माण अवधि लम्बिएको बताइएको छ ।  ६ किलोमिटर खण्डबाहेक लमजुङकै राइनास नगरपालिकास्थित धमिलिकुवा र आँबुखैरेनीदेखि भरतपुर खण्डमा पनि टावर निर्माणको काम भइरहेको छ । ४५ ओटा टावरको काममध्ये लमजुङतर्फ ३५ र तनहुँतर्फ १० ओटा टावर उठाउने काम भइरहेको छ ।  १८ ओटा खडा भएको टावरमध्ये १७ उदिपुरदेखि मध्मर्स्यङ्दीसम्म र एक लमजुङकै फुलबारीमा खडा भएको छ । आयोजनाको तीन खण्डमा यतिबेला काम भइरहेको छ । त्यस्तै लमजुङ उदिपुर र भरतपुरमा गरी दुई ओटा सवस्टेसन पनि निर्माण भइरहेको उक्त आयोजनाले जानकारी दिएको छ ।  २२० केभीको उक्त आयोजनाको निर्माणकार्य सन् २०१८ जनवरी १७ गतेदेखि अघि बढेको र तीन वर्षभित्रमा सबै काम सम्पन्न गर्नुपर्ने भए पनि विविध कारणले सम्पन्न हुन नसकेको डिभिजन प्रमुख रेग्मीको भनाइ थियो ।  उक्त सम्झौताअनुसार तीन वर्ष नाघेपछि थप गरिएको समयावधि पनि सकिन दुई तीन महीना मात्र बाँकी रहेकाले अझै निर्माण अवधि थपिने भएको छ । चिन्जा गुप्र चाइना कम्पनीले निर्माण गर्दै आएको छ । आयोजना सम्पन्न गर्नका लागि पौने तीन अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको उनले जानकारी दिए । रासस

दोर्दीखोला-१ जलविद्युतको ९८ प्रतिशत निर्माण सम्पन्न

लमजुङ – लमजुङको दोर्दी खोलामा निर्माणाधीन १२ मेगावाटको दोर्दी १ जलविद्युत आयोजनाको काम ९८ प्रतिशत सकिएको छ । दोर्दीखोला जलविद्युत कम्पनीले निर्माण गरेको आयोजनाको काम अन्तिम चरणमा पुगेको हो । आयोजनाको संरचना तथा उपकरणको परीक्षण सकिएपछि विद्युत उत्पादन थालिनेछ । विद्युतगृहको सिभिल संरचनाको काम सकिएको छ । विद्युतगृहमा इलेक्ट्रोमेकानिकल उपकरण जडानको काम सम्पन्न गरी उपकरण […]

सुपर दोर्दी ‘ख’ ले आगामी असारदेखि विद्युत उत्पादन थाल्ने

लमजुङ– दोर्दीखोलामा पिपुल्स हाइड्रोपावर कम्पनीले निर्माण गरिरहेको ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ जलविद्युत आयोजनाले असार ०७९ भित्र बिजुली उत्पादन गर्ने तयारी गरेको छ । आयोजनाको ८५ प्रतिशत काम सम्पन्न भएको सुपरदोर्दी ’ख’ का प्रोजेक्ट डाइरेक्टर अर्जुन गौतमले बताए । उनका अनुसार आयोजनाको विद्युत गृहको सिभिल संरचना पूरा गरी उपकरण जडान गरिरहेको छ । उनले यसै […]

१२ मेवाको दोर्दी–१ जलविद्युत् आयोजनाले पुसबाट व्यावसायिकरूपमा उत्पादन  थाल्ने

कात्तिक ८, लमजुङ ।आगामी तीन महीना अर्थात् पुस महीनाको अन्तिम साताबाट लमजुङमा निर्माणाधीन दोर्दी–१ जलविद्युत् आयोजनाबाट व्यावसायिकरूपमा बिजुली उत्पादन हुने भएको छ । दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन १२ मेगावाट(मेवा) क्षमताको यस आयोजनाको काम तीन महीनाभित्रै सम्पन्न हुने भएसँगै पुसदेखि बिजुली उत्पादन हुनेभएको हो । आयोजना प्रमुख उज्ज्वल सिलवालका अनुसार आयोजनाको अधिकांश काम सम्पन्न भइसकेको छ । हालसम्म ९० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ भने १० प्रतिशत मात्र काम बाँकी रहेकाले तीन महीनाभित्रै सम्पन्न गर्दै बिजुली उत्पादन हुने उनको भनाइ छ । बिजुली उत्पादन गर्ने लक्ष्यअनुरुप काम अघि बढाइरहेकाले अब पुस महीनाभित्रै बिजुली उत्पादन हुने पनि उनले बताए ।          यतिबेला विद्युतीय उपकरण जडान, पाइप जडान कार्य र वाइरिङको काम भइरहेको छ । विद्युत् उपकरण जडानको कार्य ९० प्रतिशत सम्पन्न भएको र अब एक महीनाभित्र काम सम्पन्न हुने आयोजनाले बताएको छ । आयोजनाको ७०० मिटर पेनस्टक पाइपमध्ये ५० मिटर पाइप जडान हुन बाँकी छ । यस आयोजनाको २ हजार ५१५ मिटर लामो रहेको सुरुङ ब्रेक थ्रु भइसकेको छ । त्यस्तै सिभिल संरचना निर्माणको काम सम्पन्न भएको छ । आयोजनाको बिजुली १३२ केभी कीर्तिपुर सवस्टेशनमा जोडिने छ । बाँधस्थलबाट कीर्तिपुरसम्म साढे तीन किलोमिटर रहेको छ । यहाँ १५ ओटा टावर राख्ने काम सम्पन्न भएको र अब तार जोड्ने कार्य मात्र बाँकी रहेको आयोजनाले बताएको छ ।            अधिकांश निर्माणका कार्य सम्पन्न गरिसकेको यस आयोजनाले यसअघि निर्माण कार्य लम्बिँदै गर्दा विद्युत् उत्पादन मिति पटकपटक म्याद राख्दै सार्दै आएको थियो । यसअघि गत असार महीनादेखि व्यावसायिकरूपमा बिजुली उत्पादन गर्ने आयोजनाको लक्ष्य रहेको थियो तर कोभिड तथा बाढीपहिराले आयोजनामा पु¥याएको क्षतिलगायतका कारण देखाउँदै आएको छ ।            गत असारमा आयोजनाको हेडबक्स, पावर हाउसलगायत विभिन्न स्थानमा बाढीपहिराले क्षति पुगेपछि पुनः निर्माण अवधि लम्बिएको आयोजनाले जनाएको छ । २ अर्ब २९ करोड रुपैयाँको लगानीमा निर्माण कार्य सक्ने लक्ष्यका साथ विसं २०७४ बाट थालनी गर्दै विसं २०७६ चैत महीनामा सक्ने आयोजनाको लक्ष्य थियो तर निर्माण अवधि कोभिड बाढीपहिरोलगायत विविध कारणले गर्दा लम्बिन पुग्दा लागत बढ्ने आयोजनाले बताएको छ । आयोजनाका अनुसार उक्त रकमभन्दा करीब ३० करोड रुपैयाँ बढी लाग्ने भएको छ । आयोजनामा हाल ७० जना कामदारले काम गरिरहेका छन् । आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग वर्षायाममा चार रुपैयाँ ८० पैसा र सुक्खायामका लागि आठ रुपैयाँ ४० पैसामा विद्युत् खरीद सम्झौता (पीपीए) गरेको छ ।रासस

दोर्दी खोलाको ९७ प्रतिशत काम सम्पन्न

काठमाडौं। दोर्दी खोला जलविद्युत आयोजनाको ९७ प्रतिशत काम सम्पन्न भएको छ। हिमालयन पावर पार्टनर लिमिटेडले बनाइरहेको दोर्दी खोलाको काम अन्तिम चरणमा पुगेको हो। २७ मेगावाट क्षमताको जलविद्युत आयोजनामा इलोट्रो–मेकानिकल र पेनस्टक जडानको काम मात्र बाँकी छ। अहिले तीन हजार २०० मिटरको सुरुङ खन्ने र पाइप विच्छ्याउने र अर्को दुई हजार २७० मिटरको सुरुङको काम सम्पन्न भइसकेको छ।

अन्तिम चरणमा दोर्दीखोला आयोजना

लमजुङ । दोर्दी खोलामा निर्माणाधीन दोर्दीखोला जलविद्युत् आयोजना अन्तिम चरणमा पुगेको छ । हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा निर्माणाधीन २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत् आयोजनाको अब तीन प्रतिशत मात्र काम बाँकी छ ।  आयोजना निर्माणको अधिकांश काम सम्पन्न गरिसकेको र हालसम्म ९७ प्रतिशत निर्माण सम्पन्न भएको आयोजनाले जनाएको छ । आयोजनाका...

सुपरदोर्दी ‘ख’ जलबिद्युत आयोजनाको ३० प्रतिशत काम सम्पन्न - Naya Patrika

पूर्वी लमजुङको दोर्दी गाउँपालिका वडा नंं ६, ढोडेनीको ताँजेमा निर्माणाधिन अवस्थामा रहेको सुपरदोर्दी ‘ख’ जलबिद्युत आयोजनाको निर्माण कार्य ३० प्रतिशत सम्पन्न भएको छ । सो जलबिद्युत आयोजनाको प्रवद्र्धक कम्पनी सुपर...पूरा पढ्नुहोस् »