अर्थसचिव मधुकुमार मरासिनीले बजेट निर्माणका सन्दर्भमा बाहिर नकारात्मक टिप्पणी धेरै भएपछि आफू बिदामा बसेको बताएका छन् । संसदीय छानबिन समिति गठन भएर अर्थमन्त्री जनार्दन शर्माको राजीनामापछि मन्त्रालय प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हालेका थिए । देउवाले मन्त्रालय सम्हालेलगत्तै सहयोग गर्न भनेपछि आफू भोलिपल्टै काममा फर्किएको उनको भनाइ छ । उनले छानबिन समितिमा दिएको बयानमा भनिएको छ, ‘जुन किसिमको विवाद मिडियामा आयो । त्यसपछि सदनमा पनि कुरा उठ्यो, मिडिया र सामाजिक सञ्जालमा व्यक्तिगत रूपमा