काठमाडौं। संयुक्त राष्ट्र संघको नेतृत्वमा आगामी सेप्टेम्बरमा हुन लागेको विश्व खाद्य सम्मेलन २०२१ को पूर्व सम्मेलन सुरु भएको छ। बुधबार आयोजित भर्चुअल कार्यक्रममार्फत पूर्व सम्मेलन अगाडी बढाइएको हो। राष्ट्रिय कृषक समूह महासंघलगायत अन्य संस्थाको संयुक्त आयोजनामा सम्मेलन सुरु भएको हो।