काठमाडौं । राष्ट्रका नाममा सम्बोधन गर्दै शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो ६ महिने कार्यकालका 'उपलब्धि'हरू ४७ बुँदामा प्रस्तुत गरे । सरकारको पहिलो प्राथमिकता कोभिड संक्रमणबाट जनताको जीवन रक्षा गर्ने रहेको उनको भनाइ छ ।
शीघ्र आर्थिक पुनरुत्थान गर्ने, आर्थिक सामाजिक क्रियाकलापलाई सामान्य अवस्थामा फर्काई संचालन गर्ने समेत प्राथमिकता भएको बताएका प्रधानमन्त्रीले आफ्नो छ महिने कार्यकालमा विभिन्न...