भारतबाट आउने मालबाहक सवारी साधनको छैन जाँच, हेलचेक्र्याइँका कारण बेलहियाका १९ कर्मचारी संक्रमित

बुटवल : रुपन्देहीको बेलहिया नाकामा भारतबाट आउने नेपाली नागरिकको ज्वरो नाप्ने र आवश्यकता देखिएमा एन्टिजेन परीक्षण भइरहेको छ। तर, मालबाहक सवारी साधनबाट आउने कसैको परीक्षण भने भएको छैन। त्यस्ता सवारी साधन मालसामान ढुवानीका लागि मुलुकका विभिन्न सहरमा निर्बाध गुड्छन्। यसले कोरोना भाइरसको संक्रमणको भय झन बढाएको छ। भारतबाट आउने कुनै…

सम्बन्धित सामग्री

सार्वजनिक सवारीको भाडा बढ्यो (सूचीसहित)

काठमाडौं । सरकारले सार्वजनिक सवारी साधनको भाडा बढाएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिसँगै यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातमा यात्रुबाहक र मालवाहक सवारीको नयाँ भाडादर तोकेको हो । तोकिएको भाडादर अनुसार अब यात्रुबाहक सवारी साधनको भाडा ४ दशमलव ७० प्रतिशतले वृद्धि भएको छ । पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी […]

डिजलको भाउ बढेको भोलिपल्टै बढ्यो गाडीभाडा (सूचीसहित)

३१ साउन, काठमाडौं । सरकारले सार्वजनिक सवारी साधनको भाडा बढाएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिसँगै यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातमा यात्रुबाहक र मालवाहक सवारीको नयाँ भाडादर तोकेको हो । तोकिएको भाडादर अनुसार अब यात्रुबाहक सवारी साधनको भाडा ४.७० प्रतिशतले वृद्धि भएको छ । पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी […]

२ प्रतिशतले घट्यो सार्वजनिक सवारीको भाडा

पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १० रुपैयाँले घटेसँगै सार्वजनिक यातायातको सवारी भाडा पनि घटेको छ । यातायात व्यवस्था विभागकाअनुसार यात्रुवाहक सवारीको भाडा २ प्रतिशतले घटेको छ । यस्तै, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २.६ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा २.९ प्रतिशतले घटेको छ ।

अब काठमाडौं उपत्यकामा बस चढ्ने बित्तिकै २० रुपैयाँ

काठमाडौं । संघ सरकारले लामो दूरीको सवारी साधनको भाडा समायोजन गर्दै वृद्धि गरे लगत्तै छोटो दुरीका सार्वजनिक तथा मालबाहक सवारी साधनको पनि भाडा वृद्धि भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री स्तरीय निर्णयअनुसार यातायात व्यवस्था विभागले लामो दूरीको भाडा समायोजन गरेको एक सातामा नै बाग्मती प्रदेश सरकारले पनि प्रदेशभित्र सञ्चाल नहुने छोटो दूरीका सवारी साधनको […] The post अब काठमाडौं उपत्यकामा बस चढ्ने बित्तिकै २० रुपैयाँ appeared first on राजधानी राष्ट्रिय दैनिक.

१५ प्रतिशतसम्म बढ्यो भाडा

सरकारले एक प्रदेशबाट अर्को प्रदेशमा चल्ने लामो दूरीका यात्रुबाहक र मालबाहक सवारी साधनको यातायात भाडादरमा १० देखि १५ प्रतिशतसम्म वृद्धि गरेको छ ।

१५ प्रतिशतसम्म बढ्यो भाडा

सरकारले एक प्रदेशबाट अर्को प्रदेशमा चल्ने लामो दूरीका यात्रुबाहक र मालबाहक सवारी साधनको यातायात भाडादरमा १० देखि १५ प्रतिशतसम्म वृद्धि गरेको छ ।

चोभार सुक्खा बन्दरगाहका लागि भन्सार विभागले तय गर्‍यो मालबाहक सवारी रुट

चै १५, काठमाडौं । भन्सार विभागले काठमाडौंस्थित चोभार सुक्खा बन्दरगाहमा भित्रिने मालबाहक सवारी साधनको रुट तय गरेको छ । भन्सार विभागले भारतर्फका पाँच ओटा प्रमुख नाकाबाट आन्तरिक परिवहनको सुविधा अन्तर्गत स्थलमार्ग हुँदै उक्त बन्दरगाहमा भित्रिने सवारी साधनको सडक मार्ग तोकेको हो । निर्धारित रुटअनुसार सबै सीमा क्षेत्रका नाकाबाट भित्रिने सवारी साधनहरु अनिवार्य रुपमा बल्खु आइपुगेर मात्रै उक्त सुक्खा बन्दरगाहमा प्रवेश पाउने छन् । विभागका अनुसार मेची भन्सार कार्यालय कांकडभिट्टाबाट मालवस्तु लिएर सवारी साधन मेची, विर्तामोड, इटहरी, बर्दिबास, पथलैया, हेटौंडा, नारयणगढ मुग्लिङ, नौबिसे, नागढुंगा थानकोट र कलंकी बल्खु हुँदै सुख्खा बन्दरगाह पुग्नेछन् । यस्तै विराटनगर भन्सार कार्यालयबाट मालवस्तु लिएर छुटेको सवारी विराटनगर, दुहवी, इनरुवा बर्दिबास, पथलैया, हेटौंडा, नारयणगढ मुग्लिङ, नौबिसे, नागढुंगा थानकोट र कलंकी बल्खुहुँदै सुख्खा बन्दरगाह पुग्नेछन् । त्यस्तै वीरगञ्ज भन्सार र सुक्खा बन्दरगाह सिर्सियाबाट छुटेको सवारीसाधन सिर्सिया, परवानीपुर, पथलैया, हेटौंडा, नारयाणगढ मुग्लिङ, नौबिसे, नागढुंगा थानकोट र कलंकी बल्खुहुँदै सुख्खा बन्दरगाह पुग्नेछन । यस्तै भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीबाट छुटेको सवारीसाधन बेलहीया, परासी, भुमही, बर्दघाट, नारयणगढ मुग्लिङ, नौबिसे, नागढुंगा थानकोट र कलंकी बल्खुहुँदै सुख्खा बन्दरगाह पुग्नेछन्। अवको केहि  दिनभित्र चोभर सुक्खा बन्दरगाह सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको भन्सार विभागले बताएको छ । हेर्नुहोस्  सूचना :

मालबाहक सवारी साधनको अव्यवहारिक शुल्क रोक्न आग्रह

मोरङ व्यापार सङ्घले औद्योगिक प्रयोजनका मालबाहक सवारी साधनबाट लिने गरिएको अव्यवहारिक शुल्क/जरिवानाका बारेमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । सङ्घका अध्यक्ष नवीन रिजालसहितका पदाधिकारीले सो सम्बन्धमा जिल्ला प्रशासन कार्यालय मोरङ, सुनसरी र प्रहरी प्रमुखहरुलाई भेटेर ज्ञानपन पत्र बुझाएको छ । अध्यक्ष रिजालले मोरङ–सुनसरी औद्योगिक कोरिडोरका लागि भारतबाट भित्रिने मालवाहक सवारी साधन फिर्ता जाने क्रममा मोरङ …

सरकारले २० देखि २८ प्रतिशतसम्म बढायो सवारी भाडा [सूचनासहित]

सरकारले यात्रुबाहक तथा मालबाहक सवारी साधनको भाडा वृद्धि गरेको छ । भाडा समायोजन सम्बन्धमा असार २७ मा मन्त्रीस्तरीय निर्णयबाट स्वीकृति प्राप्त भएबमोजिम भाडादर वृद्धि गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले जाँदाजाँदै भाडा वृद्धिको स्वीकृति प्रदान गरेका थिए । विभागका प्रवक्ता डा. लोकनाथ भुसालद्वारा जारी सूचनामा जनाइए अनुसार यात्रुबाहक सवारी साधनको भाडा २८ प्रतिशत र मालबाहक सवारी साधनको भाडा २० देखि २६...