चै १५, काठमाडौं । भन्सार विभागले काठमाडौंस्थित चोभार सुक्खा बन्दरगाहमा भित्रिने मालबाहक सवारी साधनको रुट तय गरेको छ ।
भन्सार विभागले भारतर्फका पाँच ओटा प्रमुख नाकाबाट आन्तरिक परिवहनको सुविधा अन्तर्गत स्थलमार्ग हुँदै उक्त बन्दरगाहमा भित्रिने सवारी साधनको सडक मार्ग तोकेको हो ।
निर्धारित रुटअनुसार सबै सीमा क्षेत्रका नाकाबाट भित्रिने सवारी साधनहरु अनिवार्य रुपमा बल्खु आइपुगेर मात्रै उक्त सुक्खा बन्दरगाहमा प्रवेश पाउने छन् ।
विभागका अनुसार मेची भन्सार कार्यालय कांकडभिट्टाबाट मालवस्तु लिएर सवारी साधन मेची, विर्तामोड, इटहरी, बर्दिबास, पथलैया, हेटौंडा, नारयणगढ मुग्लिङ, नौबिसे, नागढुंगा थानकोट र कलंकी बल्खु हुँदै सुख्खा बन्दरगाह पुग्नेछन् ।
यस्तै विराटनगर भन्सार कार्यालयबाट मालवस्तु लिएर छुटेको सवारी विराटनगर, दुहवी, इनरुवा बर्दिबास, पथलैया, हेटौंडा, नारयणगढ मुग्लिङ, नौबिसे, नागढुंगा थानकोट र कलंकी बल्खुहुँदै सुख्खा बन्दरगाह पुग्नेछन् ।
त्यस्तै वीरगञ्ज भन्सार र सुक्खा बन्दरगाह सिर्सियाबाट छुटेको सवारीसाधन सिर्सिया, परवानीपुर, पथलैया, हेटौंडा, नारयाणगढ मुग्लिङ, नौबिसे, नागढुंगा थानकोट र कलंकी बल्खुहुँदै सुख्खा बन्दरगाह पुग्नेछन ।
यस्तै भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीबाट छुटेको सवारीसाधन बेलहीया, परासी, भुमही, बर्दघाट, नारयणगढ मुग्लिङ, नौबिसे, नागढुंगा थानकोट र कलंकी बल्खुहुँदै सुख्खा बन्दरगाह पुग्नेछन्।
अवको केहि दिनभित्र चोभर सुक्खा बन्दरगाह सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको भन्सार विभागले बताएको छ ।
हेर्नुहोस् सूचना :