तस्बिरमा राष्ट्रिय ज्यापू दिवस समारोह-२०७४

राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौं उपत्यकाको मौलिक संस्कृतिको परिचायकका रुपमा रहेको नेवाः संस्कृतिको सम्बद्र्धन र संरक्षणका लागि सबैको साथ र सहयोग जरुरी रहेको बताएकी छन्। ज्यापू संस्कृति विकास कोषले यहाँ आज आयोजना गरेको १४औँ राष्ट्रिय ज्यापू दिवस समारोहलाई सम्बोधन गर्दै उनले नेपालको मौलिक संस्कृतिको संरक्षकका रुपमा रहेका ज्यापू समुदाय परिश्रमी रहेको बताइन्। उनले भनिन्, ‘कला, संस्कृति…

सम्बन्धित सामग्री

ज्यापू दिवस [२१ तस्बिरमा]

राष्ट्रिय ज्यापू दिवस, २०७९ अवसरमा काठमाडौंको बसन्तपुरमा कार्यक्रम आयोजना गरिएको छ ।

योमरी

उन्नाइसौँ राष्ट्रिय ज्यापू दिवस तथा योमरी पूर्णिमाका अवसरमा बिहीबार बसन्तपुरमा आयोजित सांस्कृतिक ¥यालीमा योमरी प्रदर्शन गरिँदै ।

प्रदर्शन राखिएको योमरी

काठमाडौँ । उन्नाइसौँ राष्ट्रिय ज्यापू दिवस तथा योमरी पूर्णिमाका अवसरमा बिहीबार बसन्तपुरमा आयोजित सांस्कृतिक ¥यालीमा योमरी प्रदर्शन गरिँदै । तस्बिरः हरिराम भेटुवाल÷ रासस

उल्लासमय ज्यापू दिवस

१९ औं राष्ट्रिय ज्यापू दिवस तथा योमरी पूर्णिमा काठमाडौंको बसन्तपुरमा धुमधामका साथ मनाइएको छ । उक्त अवसरमा विभिन्न स्थानबाट आएकाहरूको सांस्कृतिक र्‍याली प्रदर्शन गरिएको थियो । आजै योमरी पूर्णिमा पनि परेको हुँदा ठाउँठाउँमा योमरी बनाएर उत्सव मनाइएको छ।

फोटोफिचर: उल्लासमय ज्यापू दिवस

१९ औं राष्ट्रिय ज्यापू दिवस तथा योमरी पूर्णिमा काठमाडौंको बसन्तपुरमा धुमधामका साथ मनाइएको छ । उक्त अवसरमा विभिन्न स्थानबाट आएकाहरूको सांस्कृतिक र्‍याली प्रदर्शन गरिएको थियो । आजै योमरी पूर्णिमा पनि परेको हुँदा ठाउँठाउँमा योमरी बनाएर उत्सव मनाइएको छ

७९ सालमा ९० भन्दा धेरै दिन सार्वजनिक विदा (सूचीसहित)

नेपाल सरकारले संवत् २०७९ सालमा हुने सार्वजनिक विदाको सुची सार्वजनिक गरेको छ । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गर्दै २०७९ सालमा वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरिमा सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायको लागि देहाय बमोजिमको सार्वजनिक, पर्व एवं सट्टा बिदा र कार्यालय समयबारेको विवरण सार्वजनिक गरेको हो ।सूचना अनुसार ७९ सालमा शनिवार सहित ९० दिन भन्दा बढी दिन सार्वजनिक विदा हुने छ । यद्यपि केहि विदा भने धर्म विशेष, क्षेत्र विशेष र समुदाय विशेषको लागि मात्र रहेको छ ।हेर्नुस २०७९ सालको विदाको सूची ' १. वर्षभरिका शनिबार बिदा:(क) वैशाख - ३.१०.१७,२४, ३१(ख) जेठ - ७, १४, २१, २८ (ग) असार- ४.११.१८(घ) साउन - ७, १४, २१, २८(ङ) भदौ - ४, ११, १८, २५ (च) असोज - १, ८, १५, २२,२९ (छ) कात्तिक - ५.१२.१९.२६ (ज) मङ्सिर- ३,१०, १७, २४ (झ) पुस - २, ९, १६,२३,३० (ञ) माघ - ७, १४, २१, २८ (ट) फागुन -६, १३, २०, २७ (ठ) चैत - ४, ११, १८, २५२.पर्व बिदाहरू:२.१ मुलुकभरि सार्वजनिक बिदा हने पर्वहरू:(क) नव वर्ष - वैशाख १ गते बिहीबार। (ख) राई, लिम्बू, याक्खा, सुनुवार, लगायतका किराँत समुदायको उभौली पर्व - चण्डी पूर्णिमा (वैशाखपूर्णिमा) - जेठ २ गते सोमबार। (ग) रक्षाबन्धन - साउन २७ गते शुक्रबार। (घ) श्रीकृष्ण जन्माष्टमी - भदौ ३ गते शुक्रबार। (ङ) घटस्थापना - असोज १० गते सोमबार। (च) छठ पर्व - कात्तिक १३ गते आइतबार।(छ) किराँत समुदायको उधौली पर्व, योमरी पुन्हि-ज्यापू दिवस (धान्य पूर्णिमा) - मङ्सिर २२ गते बिहीबार। (ज) इसाई धर्मावलम्बीहरूको पर्व क्रिसमस डे, (डिसेम्बर २५) - पुस १० गते आइतबार । (झ) तमु ल्होसार - पुस १५ गते शुक्रबार।। (ञ) माघी पर्व/माघेसङ्क्रान्ति - माघ १ गते आइतबार। (ट) सोनाम ल्होसार - माघ ८ गते आइतबार । (ठ) महाशिवरात्री - फागुन ६ गते शनिबार । (ड) हिमाली आदिवासी जनजातिहरूले मनाउने ग्याल्पो ल्होसार - फागुन ९ गते मङ्गलबार । (ढ) इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद उल अजहा) का दिन । (ण) इस्लाम धर्मावलम्बीहरूको पर्व ईद (ईद उल फित्र) का दिन । (त) फागुपूर्णिमा, हिमाली र पहाडी जिल्लालगायतका ५६ जिल्लाहरूमा फागुन २२ गते सोमबार तथा देहायका तराई जिल्लाहरूमा फागुन २३ मङ्गलबार ।२.२ सम्बन्धित धर्म, संस्कृति, भौगोलिक क्षेत्र र स्थान विशेषका लागि मात्र सार्वजनिक बिदा हुने पर्वहरू:(क) गाईजात्रा - साउन २७ गते शुक्रबार (देशभरका नेवार समुदायका लागि मात्र) । (ख) गौरा पर्व - भदौ १८ गते शनिबार। (ग) मोहम्मद जयन्तीका दिन। (घ) सिरुवा पावनीको दिन - सो पर्व मनाउने झापा, मोरङ्ग, सुनसरी, सिराहा र सप्तरी जिल्लामा । ३. महिला कर्मचारीहरूको लागि मात्र:(क) हरितालिका तीज) व्रत - भदौ १४ गते मङ्गलबार। (ख) जितिया पर्व - असोज २ गते आइतबार (जितिया पर्व मनाउने महिला कर्मचारीहरूको लागि) । ४. शिक्षण संस्थाहरूको लागि मात्र:बसन्त पञ्चमी- माघ १२ गते बिहीबार।५. जात्रा बिदा (काठमाडौं उपत्यकालाई मात्र):(क) गाईजात्रा - साउन २७ गते शुक्रबार। (ख) इन्द्रजात्रा - भदौ २४ गते शुक्रबार। (ग) मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा (सो जात्रा हुने दिन) ।(घ) घोडेजात्रा - चैत ७ गते मङ्गलबार। ६. दशैं बिदा:असोज १६ गते आइतबार देखि असोज २१ गते शुक्रबार सम्म (फूलपातीदेखि द्वादशीसम्म) । ७. तिहार बिदा (कात्तिक ७ गते सोमबारदेखि ११ गते शुक्रबारसम्म) : (क) लक्ष्मीपूजा - कात्तिक ७ गते सोमबार। (ख) गाई तिहार - कात्तिक ८ गते मङ्गलबार।(ग) म्हपूजा, नेपाल संवत् प्रारम्भ, गोवर्द्धनपूजा - कात्तिक ९ गते बुधबार । (घ) भाइटीका/किजापूजा - कात्तिक १० गते बिहीबार । ८. दिवस बिदा:८.१ मुलुकभरि सबैलाई हुने सार्वजनिक दिवस बिदाहरू:(क) विश्व मजदुर दिवस - (मे १) वैशाख १८ गते आइतबार। (ख) गणतन्त्र दिवस - जेठ १५ गते आइतबार। (ग) संविधान दिवस (राष्ट्रिय दिवस) - असोज ३ गते सोमबार । (घ) राष्ट्रिय प्रजातन्त्र दिवस - फागुन ७ गते आइतबार । (ङ) अन्तर्राष्ट्रिय महिला दिवस (मार्च ८)- फागुन २४ गते बुधबार । ८.२ अपाङ्गता भएका कर्मचारीहरूको लागि मात्र: अन्तर्राष्ट्रिय अपाङ्गता दिवस, (डिसेम्बर ३) मङ्सिर १७ गते शनिबार नेपाल भित्रका अपाङ्गता भएका सम्पूर्ण कर्मचारीहरु ९.जन्म जयन्ती बिदा:९.१ मुलुकभरि सबैलाई हुने सार्वजनिक जयन्ती बिदा:बुद्ध जयन्ती - जेठ २ गते सोमबार। ९.२ सम्बन्धित धर्मावलम्बीहरूका लागि मात्र:(क) फाल्गुनन्द जयन्ती - कात्तिक २५ गते शुक्रबार 1 (किराँत धर्मावलम्बी) । (ख) गुरु नानक जयन्ती . कात्तिक २२ गते मङ्गलबार (नेपाली सिख धर्मावलम्बी) ।सार्वजनिक विदाको पुरा सूची हेर्न यहाँ क्लिक गर्नु होला

पच्चीस किलोको योमरी

काठमाडौँ, ४ पुसः ज्यापू संस्कृति विकास कोषद्वारा बसन्तपुरमा आज आयोजित १८औँ राष्ट्रिय ज्यापू दिवस कार्यक्रममा प्रदर्शनमा राखिएको २५ किलोको योमरी ।-तस्बिरः रत्न श्रेष्ठ-रासस

१८औँ राष्ट्रिय ज्यापू दिवस समारोहको उट्घाटन गर्दै प्रधानमन्त्री

काठमाडौं, ४ पुस । योमरी पूर्णिमाका दिन आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा बसन्तपुरमा ज्यापू संस्कृति विकास कोषद्वारा आयोजित १८औँ राष्ट्रिय ज्यापू दिवस समारोह उद्घाटन गर्दै । तस्बिरः रत्न श्रेष्ठ÷रासस

तस्बिरमा हेर्नुहाेस् ज्यापू दिवसको रौनक

ज्यापू समूदायको संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्ने उद्देश्यका साथ आइतबार काठमाडौँमा १८ औँ राष्ट्रिय ज्यापू दिवस मनाइएको छ । ज्यापू संस्कृतिको झलक दिने गरी बाजागाजा र पहिरनसहित र्‍यालीको आयोजना गरिएको छ ।नेपाल भाषामा ‘ज्या’ भनेको काम र ‘पू’ भनेको बीउ हो । निरन्तर खेती किसानीमा संलग्न हुने मिहिनेती र पौरखको रीत र परम्परा नै ज्यापू संस्कृति हो । नेवारी समूदायको समेत मूल संस्कृतिको रुपमा रहेको यसको संरक्षणका लागि सरकारले ज्यापू दिवसलाई राष्ट्रिय दिवसको मान्यता दिई यस द

प्रधानमन्त्री ओली ज्यापू दिवसमा सहभागी हुने

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओली १५ औं राष्ट्रिय ज्यापू दिवस समारोहमा सहभागी हुनुहुने भएका छन्। ज्यापू समूदायको संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यका साथ आगामी शनिबार काठमाडौंको बसन्तपुरमा आयोजना हुने १५ औं राष्ट्रिय ज्यापू दिवस समारोहमा सहभागिताका लागि ज्यापू समूदायको गरेको आग्रह प्रधानमन्त्री ओलीले स्वीकार गरेक...