नेपाल बार एशोसिएसनका उपाध्यक्ष ईश्वरीप्रसाद भट्टराईले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा बिना आफूहरुको आन्दोलन अन्त्य नहुने प्रस्ट पारेका छन् । बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले बारले गरेको शान्तिपूर्ण आन्दोलनको अनुगमनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकारवादी संघ संस्थालाई आग्रहसमेत गरेका छन् ।नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठद्वारा जारी विज्ञप्ति बाचन गर्दै उनले सर्वोच्च अदालतमा एसएलआरसहितका प्रहरी परिचालन गरेर कानुन व्यवसायीद्वारा गरिएको शान्तिपूर्ण प्र