काठमाडौँ – राष्ट्रिय मानवअधिकार आयोगले ०७९ वैशाख ३० गतेका लागि घोषणा भएको स्थानीय तहको निर्वाचनको मानवअधिकारको दृष्टिकोणबाट अनुगमन गर्ने भएको छ। आयोगले निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, पूर्वआयुक्त इला शर्मा, नागरिक समाजका डा गोपालकृष्ण शिवाकोटी, कला स्वर्णकार र राधिका रेग्मीसँग उक्त विषयमा छलफल गरेको छ। आयोगका प्रवक्ता डा टीकाराम पोखरेलका […]