गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सांसद हुन अयोग्य रहेको जिकिर गर्दै परेको रिटमाथि शुक्रबार सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ । रिटमा मागिएको अन्तरिम आदेश दिने/नदिनेबारे सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको हो ।
स्थानीय तहको निर्वाचनमा महिलालाई मनोनयन नगरिएको भन्दै परेको रिटमा आज सर्वोच्चमा बहस हुने भएको छ । न्यायधिश सपना प्रधान मल्ल र कुमार रेग्मीको संयुक्त इजलाशमा यस मुद्दाको बहस हुन लागेको हो । स्थानीय तहको प्रमुख र उपप्रमुख वा पालिका अध्यक्ष र उपाध्यक्षमध्ये एउटामा मात्र उम्मेदवारी दिने दलले महिलालाई अनिवार्य मनोनयन गर्नुपर्ने ब्यबस्था पालना नभएको भन्दै अधिवक्ता मोहना अन्सारीले सर्वोच्चमा रिट दायर गरेकी थिईन् ।संविधान र स्थानीय तह निर्वाचन सम्बन्धी ऐनको दफा १७ (४) अध्यक्ष र उपाध्यक्ष वा मेयर र उपमेयर अनि जिल्ला समन्वय समितिको संयोजक र उपसंयोजक मनोनयन दर्ता गर्दा ५० प्रतिशत महिला सुनिश्चित हुनुपर्ने व्यवस्था रहेकोमा निर्वाचन आयोगले त्यसको पालना नगरेको रिटमा उल्लेख छ । सुरुमा निर्वाचन आयोगले कुनै दलले प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षमध्ये एउटा पदमा मात्र उम्मेदवारी दिने भए महिलाकै मनोनयन गर्नुपर्ने उल्लेख गरेको थियो। तर पछि त्यसलाई संशोधन गर्दै मनोनयनमा महिलालाई प्राथमिकता दिनुपर्ने बनाएको थियो । त्यसो हुँदा गठबन्धनमा सामेल दलहरुले अधिकांश स्थानमा पुरुषको मात्र उम्मेदवारी दर्ता गराएका छन् ।रिटमा एउटा पदमा उम्मेदवारी दिने दलले महिलाको मनोनयन गर्नैपर्ने परमादेश दिन माग गरिएको छ। यो मुद्दा बैशाख ५ मै दर्ता भएको हो । रिटमा सुनुवाई गर्दै बैशाख ११ गते न्यायधिश तिलप्रसाद श्रेष्ठको इजलाशले यस विषयमा कारण देखाउ आदेश जारी गर्दै दुवै पक्षलाई छलफलमा बोलाएको थियो । त्यसपछि बैशाख १२ र १३ मा रिटको पेशी तोकिएपनि हेर्न नभ्याईनेमा राखिएको थियो । आज भने न्यायधिश सपना प्रधान मल्ल र कुमार रेग्मीको संयुक्त इजलाशमा यो मुद्दा दोस्रो नम्बर मै रहेकोको यसमा सुनुवाई हुने छ । उम्मेदवारहरुको मनोनयन सम्पन्न भईसकेको र दाबी बिरोधको कार्य समेत सम्पन्न भईसकेको अवस्थामा यस रिटलाई चासोका साथ हेरिएको छ । कतिपयले चुनाव नै रोकिने हो कि भन्ने डर रहेको उल्लेख गरेका छन् ।
जेठ १३, काठमाण्डौ । प्रतिनिधि सभा विघटनसम्बन्दी सबै मुद्धाहरुको छिनोफानो अब संबैधानिक इजलासमार्फत हुने भएको छ । १९ वटा रिटमाथी भएको पूर्ण एकल इजलासको पहिलो चरणको सुनुवाईपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सबै रिटलाई पूर्ण इजलासमा पठाउने निर्णय गरेसँगै अब सबैको प्रतिक्षा संबैधानिक इजलासको बहस र फैसलातर्फ मोडिएको छ । संसद् विघटनको रिटमा अन्तरिम आदेश दिन […]
काठमाडौँः दूरसञ्चार सेवा प्रदायक एनसेलको खरिदविक्रीको लाभकर कसले तिर्ने विवादमा आज पनि सर्वोच्चमा बहस हुँदैछ। पूर्वसचिव द्धारिकानाथ ढुङ्गेल, पूर्व निमित्त महालेखा परीक्षक सुकदेव खत्री लगायत ६ जनाले दायर रिटमा आज बहस हुनेछ।
निवेदकहरुले लाभकर असुल नभएसम्म लाभांश लैजान नमिल्ने आदेश जारीको माग गर्दै आइतबार रिट दर्ता गरेका थिए। सोमबार
भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान वा मतगणना भन्ने विवादको आइतबार सर्वोच्चमा बहस सकिएको छ। निवेदकका तर्फबाट संक्षिप्त जवाफ दिएपछि आज अन्तरिम आदेश जारी हुने वा नहुने सम्वन्धमा दुवैतर्फको बहस सकिएको हो। बहस सकिएपछि न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारी परामर्शमा व्यस्त छन्। न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ भएको…
काठमाडौँ: भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान वा मतगणना भन्ने विवादमा आज सर्वोच्चमा बहस सकिएको छ। आज निवेदकका तर्फबाट संक्षिप्त जवाफ दिएपछि अन्तरिम आदेश जारी हुने वा नहुने सम्वन्धमा दुवैतर्फको बहस सकिएको हो।
बहस सकिएपछि न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारी परामर्शमा छन्।
गत बिहीबार नै बहस सकिने
काठमाडौँ: भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान वा मतगणना भन्ने विवादमा आज सर्वोच्चमा बहस सकिँदैछ। आज निवेदकका तर्फबाट संक्षिप्त जवाफ दिएपछि अन्तरिम आदेश जारी हुने वा नहुने सम्वन्धमा दुवैतर्फको बहस सकिनेछ। गत बिहीबार नै बहस सकिने र आदेश आउने आकलन गरिए पनि प्रतिवादी रेणु दाहालका तर्फबाट कानुन