त्यस्तै, अर्का स्थानीय नर्मा बोहराले आफ्नो दुधालु गाईलाई बाघले गोठबाट तानेर झण्डै १०० मिटर टाढा पुर्याई खाएको बताए। साँझ सात नबज्दै बाघ बस्ती छेउछाउमा देखापर्न थालेपछि स्थानीयलाई हिँडडुल गर्न समस्या भएको छ। स्थानीय महेश महराका अनुसार त्यस क्षेत्रका अधिकांश परिवारले गाईभैँसी र बाख्रापालनबाट जीविकोपार्जन गर्दै आएका छन्।
घरमा भाइहरू छुट्टिने, बिहे गर्ने उमेरका सन्तान भएमा बिहे गर्ने, वर्षभरिको घरको समीक्षा गर्ने, कमाउन कहाँ जाने, खेतीपाती कसरी गर्नेलगायत विषयमा छलफल गरेर निर्णय लिने चलन थियो।
उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएकामा चिकित्सकले उनलाई मृत घोषित गरेका थिए। दुर्घटनामा संलग्न स्कार्पियो र चालक खोजतलासका क्रममा गैँडाकोट क्षेत्रबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।