सर्वोच्चमा बहस– संवैधानिक इजलासको आदेश पालना भएन, अब बृहत् पूर्ण इजलासमार्फत संविधानको व्याख्या होस् !

प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथिको सुनुवाइका क्रममा अधिवक्ता लोकेन्द्र ओलीले यसअघि गठन भएको संवैधानिक इजलासको आदेश पालना नभएको भन्दै बृहत् पूर्ण इजलास गठनको माग गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासमा बिहीवार भएको सुनुवाइका क्रममा अधिवक्ता ओलीले संवैधानिक इजलासको फैसलाको पूर्णपाठ नआउँदै गरिएको विघटन बदर गर्नुपर्ने माग गरेका हुन् ।  मन्त्रिपरिषदलाई नयाँ प्रधानमन्त्री नियुक्तिका लागि सिफारिश गर्ने अधिकार नरहेको र मन्त्रिपरिषद्ले गरेको असंवैधानिक सिफारिश कार्यान्वयन गर्ने राष्ट्रपति ...