काठमाडौं : बहुचर्चित भारतीय मुर्रा राँगा लामो प्रतीक्षापछि नेपाल आइपुग्ने भएका छन्। भारतले उपहारमा दिएको १५ वटा मुर्रा राँगा यही साता नेपाल आइपुग्ने पशु सेवा विभागले जनाएको छ।भारतले ती राँगाहरु पठाइसकेको भए पनि नेपाल ल्याइपुर्याउन केही दिन लाग्ने विभागका सूचना अधिकारी डा. चन्द्र ढकालले थाहाखबरलाई बताए। उनका अनुसार भोलि वा पर्सिसम्म ती राँगा नेपाल आइपुग्ने सम्भावना छ।नश्ल सुधारका लागि नेपाल ल्याउने भनिएका मुर्रा जातका राँगाको अध्ययन नेपाली प्राविधिक टोलीले भारत