दाङ – लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले भालुबाङमा स्वास्थ्य निर्देशनालय स्थापना गरेको छ। राप्ती गाउँपालिका वडा नं. १ को कार्यालयमा स्वास्थ्य निर्देशनालय स्थापना गरिएको हो। वडा कार्यालयलाई अन्य भवनमा व्यवस्थापन गरेर स्वास्थ्य निर्देशनालयको सेवा सुरु गरिएको हो। राजधानी कार्यान्वयनको क्रममा स्वास्थ्य निर्देशनालय स्थापना गरिएको जानकारी स्वास्थ्यमन्त्री इन्द्रजीत थारुले दिए।‘स्थायी राजधानी कार्यान्वयनको चरणमा छौँ। अन्य कार्यालयहरु पनि […]