शीतलनिवासको सुनौलो र उन्मुक्तिपूर्ण कुर्सीको नियन्त्रणमा सबै राजनीतिक दल र तिनका नेताहरुको नजर छ अहिले। अस्थीर र खण्डित वर्तमान राजनीतिमा कार्यकारी या प्रधानमन्त्रीसहित यो संसदको अवधिमा बन्ने कुनै पनि मन्त्रिपरिषद् अल्पायू हुने निश्चित छ। ‘राष्ट्राध्यक्ष’कै नाममा चुनिए पनि राष्ट्रपतिले दलीय राजनीतिमा लाग्ने र शीतलनिवासलाई त्यो अभिष्टका लागि दुरुपयोग गर्ने परम्परा विगतका दुई राष्ट्रपतिले निर्माण गरिसकेकाले […]