जनकपुरधाम : धनुषामा घुस सहित पक्राउ परेका मालपोत कार्यालय निमित्त प्रमुख सुनिलकुमार झाविरुद्ध शुक्रबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर भएको छ। जग्गा सम्बन्धी हक दफा मुद्दामा मुद्दाको फैसला सुनाएबापत सेवाग्राहीसँग पाँच लाख घुस माग गरिएको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय, बर्दिवासबाट खटिएको टोलीले झालाई नियन्त्रणमा लिएको थियो।झालाई जनकपुरधामको भानुचौकबाट गत चैत २८ गते सोमबार अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो।झाले जग्गा सम्बन्धी हक दफा मुद्दामा फैसला गरि