असारको पहिलो सातादेखि अवरुद्ध माथिल्लो मनाङको यातायात सुचारु

असार २२, मनाङ । माथिल्लो मनाङमा यातायात सुचारु भएको छ । यही असारको पहिलो हप्ता आएको अविरल वर्षाले सडक अवरुद्ध भएको थियो ।  बाढीपहिराले क्षति पुर्‍याएको सडक मर्मत गरिएपछि माथिल्लो मनाङमा यातायात सञ्चालनमा आएको ङिस्याङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक ढकालले जानकारी दिए । उनका अनुसार प्राविधिक टोली सहितको अनुगमनपश्चात यातायात सञ्चालन भएको छ ।  मनाङ समाज र पूर्व सांसद पोल्देन छोपाङका सहयोगमा यातायात सञ्चालनमा ल्याइएको ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले बताए । ‘गाउँपालिकाभित्र मात्रै सवारी सञ्चालनमा ल्याइएको छ, सामान ढुवानी गर्न भने सहज भएको छ,’ उनले भने । खाङ्सारसम्म सामग्री ल्याउन लैजान सहज भएको उनले बताए ।   जिल्लाको तल्लो भागमा सडक सञ्जाल पूर्ण रुपमा अवरुद्ध भएको छ ।  माथिल्लो मनाङमा सडक सञ्जालमा कम क्षति भएकाले सवारी चलाउन लागिएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । तल्लो भागमा भने सञ्चालन गर्न सक्ने अवस्था नरहेको लामिछानेले बताए । ‘खाङ्सारदेखि माथिल्लो पिसाङसम्म आवतजावत गर्न मिल्छ भने त्यहाँबाट तल्लो भागमा सवारी चल्न सक्दैन,’ उनले भने ।  भ्राताङको भीर भने बम ब्लाष्टिङ गरेर मात्रै बाटो बनाउनुपर्ने अवस्था रहेको उनले बताए । ‘नेपाली सेनासँग सहकार्य गरी बम ब्लाष्टिङ गरेर सडक सञ्जाल निर्माण गर्नुपर्नेछ, बनाउने तयारी गरिरहेका छौं,’ उनले भने । जिल्लामा सडक सञ्जाल सहज बनाउने प्रयासमा रहेपनि धेरै ठाउँमा निसान समेत मेटिएकाले सकस भएको छ ।  सदरमुकाम चामेसम्म पुग्ने अवस्था भने छैन । माथिल्लो पिसाङ र तल्लो पिसाङको पुल मर्स्याङ्दी नदीमा आएको बाढीले बगाएपछि विच्छेद भएको छ । लमजुङदेखि मनाङलाई सडक सञ्जालसँग जोड्नका लागि सडक डिभिजन प्राधिकरणले शुरुआत गरिसकेको छ । अहिले जिल्लाबाट अन्यत्र जान जंगलको बाटो भएर हिड्नुपर्ने अवस्था छ ।  जिल्लाको तल्लो भागका एक गाउँबाट अर्को गाउँ जानका लागि गोरेटो बाटो समेत छैन । मर्स्याङ्दी नदीमा बहाव केही कम भएपनि नदीले कटान भने रोकिएको छैन । यसले गर्दा केही गोरेटो बाटो बनाएपनि नदीले बगाएको छ । रासस

सम्बन्धित सामग्री

साता दिन बित्दा पनि पूर्ण रूपमा सुचारु हुन सकेन भीमदत्त राजमार्ग

कैलाली- पहिरोका कारण एक सातादेखि अवरुद्ध भीमदत्त राजमार्ग पूर्ण रूपमा सुचारु गर्न सकस भइरहेको छ । निरन्तर वर्षासँगै स–साना पहिरो र माटो खस्ने गरेकाले राजमार्ग सुचारु गर्न समस्या भइरहेको हो । पहिरोले सडक क्षतिग्रस्त भएको ठाउँमा नयाँ ट्रयाक खोलिएपछि केही सवारीसाधन पास गरिए पनि अहिले यातायात सेवा ठप्प छ । कैलाल...

भीमदत्त राजमार्ग सातादेखि प्रभावित

एक सातादेखि अवरुद्ध धनगढी–डडेलधुरा जोड्ने भीमदत्त राजमार्ग अझै नियमित सञ्चालनमा आउन सकेको छैन । शनिबारदेखि एकतर्फी यातायात चले पनि बेलाबेला अवरुद्ध भइरहेको छ । निरन्तर वर्षा भइरहेको र पहिरो खस्ने क्रम जारी रहेकाले यातायात सुचारु गर्न समस्या भएको हो ।

सुनकोशी–मरिण डाइभर्सनमा अझै आन्दोलन

सिन्धुली । सिन्धुलीको सुनकोशी–मरिण डाइभर्सन आयोजनामा मजदुर आन्दोलनका कारण अवरुद्ध भएको काम अझै सुचारु हुन सकेको छैन । काम सुचारु गर्न मजदुरका प्रतिनिधि र ठेकेदार कम्पनीबीच पटक पटक वार्ता भएपनि ठेकेदार पक्षले हालको अवस्थामा सेवा सुविधा वृद्धि नगर्ने अडान लिएपछि एक सातादेखि ठप्प भएको हो । सिन्धुलीको कमलामाई नगरपालिका–२ को कुसुमटार क्षेत्रमा सञ्चालित सुनकोशी–मरिण डाइभर्सन […]

सर्वोच्चको फुल कोर्ट बस्दै, बार पनि आकस्मिक बैठकमा

यसअघि बोलाएको बैठक भने न्यायाधीशहरूले बहिस्कार गरेका थिए । त्यसपछि पाँचजना न्यायाधीश नियमित इजलासमा प्रवेश गरिसकेका छन् ।

पहिरोका कारण अवरुद्ध विभिन्न सडक सञ्चालनमा

मकवानपुर । विगत एक सातादेखि अवरुद्ध भीमफेदी कुलेखानी हुँदै काठमाडौँ जाने सडकअन्तर्गत भीमफेदी गाउँपालिका–६ चिसापानीगढी र देउराली सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण आएको पहिरोले विगत एक सातादेखि अवरुद्ध बनेको सो सडक आज बिहानबाट सुचारु भएको हो । पहिरो पन्छाएर बिहानैदेखि भीमफेदी–कुलेखानी हुँदै काठमाडौंतर्फको यातायात सेवा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ […]

रसुवागढी–केरुङ सडक सुचारु

पहिरोका कारण एक सातादेखि अवरुद्ध रसुवागढी–केरुङ सडकखण्ड सुचारु भएको छ । गत शुक्रबारदेखि अवरुद्ध चिनियाँ

अवरुद्ध सडक सुचारु गर्न खटिए जनप्रतिनिधि

त्रिवेणी नगरपालिका क्षेत्रमा अवरुद्ध सडक सञ्चालन गर्न काममा स्थानीय जनप्रतिनिधि नै खटिएका छन् । असारको पहिलो सातादेखि लगातार परेको पानीका कारण अवरुद्ध सडक जनप्रतिनिधिले एस्काभेटर लिएर सडक सञ्चालन गराउन खटिएका हुन् । २०७५ देखि २०८० सम्म त्रिवेणी नगरपालिकाका नौ वटै वडा सडक सञ्जालले जोडिएका छन् । सडक अवरुद्ध हुँदा स्थानीयवासी दैनिक उपभोग्य सामग्री ल्याउन दुई घण्टा पैदल हिँडेर बूढीगङ्गा नगरपालिकाको बार्जुगाड र बाम्का बेतालमाण्डौँलगायतका बजारमा जान बाध्य छन् ।

डोल्पामा तीन सातादेखि अवरुद्ध जि.एस.एम मोवाइल सेवा अझै खुलेन - Naya Patrika

दुर्गम जिल्ला डोल्पामा तीन सातादेखि अवरुद्ध जि.एस.एम मोवाईल सेवा अझै सुचारु हुन सकेको छैन् ।यहा“को त्रिपुरा सुन्दरी नगरपालिका स्थित रसी लेकमा रहेको रेडियो लिङ्क टावरमा खराबी आएपछि जि.एस.एम मोवाइल सेवा...पूरा पढ्नुहोस् »

दुई सातादेखि अवरुद्ध विद्युत् सेवा पुन: सञ्चालनमा

गुल्मीको मुसिकोट नगरपालिका बामीमा गत दुई सातादेखि अवरुद्ध बनेको विद्युत् आज बिहानदेखि सुचारु भएको छ । अविरल वर्षाका कारण दुई साताअघि बामी नजिकै गएको पहिरोले विद्युत् नहर बगाउँदा उक्त क्षेत्रमा लामो समयदेखि विद्युत् सेवा अवरुद्ध बनेको थियो । एक सय ३५ किलोवाट क्षमताको उक्त विद्युत् स्थानीय परोपकार बहुउद्देश्यीय सहकारी संस्था वामीटक्सारद्वारा सञ्चालनमा आइरहेको थियो ।…

विराटनगर विमानस्थल भोलिदेखि सुचारु

बाढी पसेका कारण एक सातादेखि अवरुद्ध विराटनगर बिमानस्थल शनिबारदेखि सुचारु हुने भएको छ । शनिबार बिहान ९ बजेदेखि बिमानस्थल सुचारु हुने विराटनगर नागरिक उड्डयन कार्यालयले जनाएको छ ।