अपराध अनुसन्धान व्युरो (सिआईबी) प्रहरी हुँ भन्दै नगद, मोबाइल र बैंकको चेकसमेत लिएर भागेका रौतामाई गाउँपालिका ७ का २३ वर्षीय दिलिप भन्ने दिपेश लुङ्गेली मगर र त्रियुगा नगरपालिका १२ का ३३ वर्षीय सन्तोष चौधरी पक्राउ परेका हुन्।...
वीरगञ्ज – प्रहरी अनुसन्धानमा रहेको ब्यक्तिलाई छुटाइदिन्छु भनी प्रलोभन देखाई रकम ठगी गर्ने एक जनालाई प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–५ बस्ने ५२ बर्षिय धीरेन्द्रबहादुर श्रेष्ठ छन्। उनलाई यातायात कार्यालय पर्साअगाडि सडकखण्डबाट प्रहरी टोलीले पक्राउ गरेको हो। पक्राउ परेका श्रेष्ठले ्रहरीले अनुसन्धानमा राखेको मानिसलाई छुटाइदिन्छु भनी रकम असुल गर्ने गरेको भन्ने सूचनाको […]
काठमाडौं : नेपाल प्रहरीको प्रहरी सहायक निरिक्षक (सई) भन्दै ठगी गर्ने एक जनालाई इलाका प्रहरी कार्यलय पथरीले पक्राउ गरेको छ। पथरी शनिश्चरे ७ का सन्तोषकुमार कन्दङवाले आफू विशेष प्रहरीको सई भन्दै सर्वसाधारण लाई धम्क्याएर ठगी गरेको सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको जनाएको छ।
कन्दङवाले पथरी शनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिको…
काठमाडौँ । काठमाडौँ उपत्यकाबाट दसैँका लागि आआफ्नो घर जान टिकट काट्ने यात्रुलाई ठगी गर्ने ३३ जना व्यक्ति पक्राउ परेका छन् । यात्रुलाई बढी भाडा लिने, फर्जी टिकट दिने वा डबल टिकट लिनेलगायत ठगी गर्नेलाई महानगरीय प्रहरी कार्यालयले पक्राउ गरी कारबाहीका लागि नजिकैका महानगरीय प्रहरी वृत्त वा प्रभाग पठाएको छ । यात्रुलाई चाडपर्वको मौका छोपी ठगी […]
काठमाडौँ । सर्लाहीमा म्यादी प्रहरीमा भर्ना गराइदिने भन्दै रकम ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्र नगर गाउँपालिका –७ बस्ने ३१ वर्षीय दीपेन्द्र चौधरी रहेको प्रहरीले जनाएको छ । चौधरीले म्यादी प्रहरी भर्ना छनोट हुने स्थलमै पुगेर पाँच हजार–सात हजार लिई भर्ना गराइदिन्छु भन्दै आएको पाइएको सर्लाहीका प्रहरी प्रवक्ता एवं […]
१७ चैत, सप्तरी । सप्तरी प्रहरीले म्यादी प्रहरीमा लगाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महादेवा गाउँपालिका २ बस्ने २३ वर्षीय अरबिन्दकुमार मण्डल रहेका छन् । म्यादी प्रहरी भर्नाका लागी दरखास्त फारम भरिसकेका विभिन्न व्यक्तिलाई भर्ना गराइदिन्छु भन्दै ललाइफकाई प्रलोभनमा पारी रकम लिने गरेको उजुरीपछि उनलाई पक्राउ गरिएको […]
गुलरिया : धान तथा गहुँको कारोबार गर्छु भन्ने विश्वास दिलाई ३७ लाख ४७ हजार ५८५ रुपैयाँ ठगी फरार रहेका २ व्यक्तिलाई बर्दिया प्रहरीले पक्राउ गरेको छ।कैलालीको टीकापुर नगरपालिका वडा नं ४ अस्नेरी बस्ने ललित खड्का र जिल्ला बाँके कोहलपुर नगरपालिका वडा नं ३ मदनचोक बस्ने महेश रोकायालाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।पक्राउ परेका दुवैजनाविरुद्ध ठगी सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए।
कैलाली– प्रहरी बनाइदिने भन्दै ठगी गर्ने एकजना पक्राउ परेका छन् । हालै प्रहरी जवान पदको सम्पूर्ण परीक्षाहरु समाप्त भई अन्तिम नतिजा प्रकाशनको क्रममा रहेको अवस्थामा एकजनालाई प्रहरी बनाई दिन्छु भनी ठगी गरेको आरोपमा कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ३ चौराहबाट एकजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बझाङको मष्टा गाउपालिका वडा नम्बर २ का मनोज […]
झापा– प्रहरी हौं भन्दै ठगी गर्ने दुई जना झापाबाट पक्राउ गरेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार झापा कन्काई ७ का ४० वर्षीय विकास उप्रेती र विर्तामोड ३ का ३२ वर्षीय टीका खत्रीलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूले विर्तामोडका एक व्याक्तिले लागुऔषधको कारोवार गर्छ भन्दै धम्क्याएर रकम असुल्दै आएका थिए । सोही परिवारको […]
धनगढी : कैलालीका एक युवक ठगीको आरोपमा पक्राउ परेका छन्। प्रहरी अधिकारीसँग आफू पत्रकार भएको भन्दै परिचय दिने र अन्यलाई प्रहरी भनी घुस लिने कैलाली लम्कीका खेमराज खनाल पक्राउ परेका हुन्। उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बालाजुबाट पक्राउ गरेको हो। प्रहरीसँग भेट्दा मिडियाको कार्ड र सर्वसाधारणलाई भेट्दा नेपाल प्रहरी लेखेको डोरी झुन्ड्याउने गरेका खनाललाई ठगी आरोपमा बालाजुबाट पक्राउ परेको परिसरले जनाएको छ। पक्राउ परेका खनालमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।