एजेन्सी। अमेरिकी महिला भलिबल टिमले ब्राजिलाई ३–० को सोझो सेटमा हराउँदै पहिलो पटक ओलम्पिकमा स्वर्ण पदक जितेको छ। अमेरिकाले यसअघि तीन पटक रजत र दुई पटक काश्य पदक जितेको थियो। अमेरिकाले ब्राजिललाई २५–२१, २५–२०, २५–१४ को सेटमा हराएको हो। अमेरिका २००८ र २०१२ को फाइनलमा ब्राजिलसँगै हारेको थियो। सर्वियाले दक्षिण कोरियालाई हराउँदै काश्य पदक जित्यो।
एजेन्सी। ब्रिट्नी ग्रिनरको ३० अंकप्रेरित अमेरिकाले आज महिला बास्केटबलमा जापानलाई ९०–७५ ले हराउँदै स्वर्ण पदक जितेको छ। अमेरिकाले ओलम्पिकको महिला बास्केटलबमा स्वर्ण पदक जितेको यो लगातार सातौं पटक हो। अमेरिकाकी ३६ वर्षिया सुए बर्ड र ३८ वर्षिया डाएना टाउरासीले पाँच स्वर्ण पदक जित्न सफल भए। जापानले पहिलोपटक रजत जित्यो। सर्वियालाई ९१–७६ ले हराउँदै फ्रान्सले काश्य पदक जित्यो।
एजेन्सी। अमेरिकाले एथलेटिक्स महिला ४ गुणा ४०० मिटर दौडमा लगातार सातौँ पटक स्वर्ण पदक जितेको छ। अमेरिकाले ३ मिनेट १६.८५ सेकेन्डमा दुरी पार गर्दै स्वर्ण पदक जितेको हो। पोल्यान्डले ३ मिनेट २०.५३ सेकेन्डमा दुरी पार गर्दै रजत पदक जित्यो। जमैकाले ३ मिनेट २१.२४ सेकेन्डमा दुरी पार गर्दै कास्य पदक जित्यो।
एजेन्सी। एथलेटिक्सको महिला एक सय मिटर दौडमा स्वर्ण, रजत र कास्य तीनै पदक जितेको जमैकाले ४ गुणा १०० मिटर दौडमा पनि स्वर्ण पदक जितेको छ। जमैकाले ४१.०२ सेकेन्डमा दुरी पार गरेको थियो। ४१.४५ सेकेन्डमा दुरी पार गरेको अमेरिकाले रजत पदक जित्यो। कांस्य पदक जित्ने बेलायतले ४१.८८ सेकेन्डमा दुरी पार गर्यो।
एजेन्सी। अमेरिकाका अप्रिल रोस र एलिक्स क्लिनेमनले महिला बिच भलिबलमा स्वर्ण पदक जितेका छन्। उनीहरुले अष्ट्रेलियाका आर्टाचो डेल सोलार र टालिकुए क्लान्सीको जोडीलाई २१–१५, २१–१६ ले हराएको हो। क्लिनेमनले लन्डनमा रजत र ब्राजिलमा काश्य पदक जितेकी थिइन्। सिड्नी ओलम्पिकपछि अष्ट्रेलियाले पहिलो पटक बिच भलिबलमा पदक जितेको हो। स्विट्जरल्यान्डले लात्भियालाई २१–१९, २१–१५ ले हराउँदै काश्य पदक जित्यो।
टोकियो– अमेरिकाले टोकियो ओलम्पिक खेलकुदअन्तर्गत महिला फुटबलतर्फ कास्य पदक जितेको छ। बिहीबार तेस्रो स्थानका लागि भएको खेलमा अमेरिकाले अस्ट्रेलियालाई ४–३ गोलले हरायो।अमेरिका चार पटकको स्वर्ण पदक विजेता हो। उसले सन् १९९६, २००४, २००८ र २०१२ को ओलम्पिकमा महिला फुटबलतर्फ स्वर्ण जितेको हो। २००० को संस्करणमा जितेको अमेरिका चार वर्षअघि भएको रियो ओलम्पिकमा भने सेमिफाइनल पनि […]
टोक्यो ओलम्पिकमा अमेरिका महिला फूटबल प्रतियोगितामा कास्य पदकका लागि बिहीवार भएको खेलमा अमेरिका विजयी भएको छ ।
अस्ट्रेलियालाई अमेरिकाले ४–३ गोलले हराएको हो ।
साबिकको विश्व च्याम्पियन अमेरिकाले ओलम्पिक स्वर्ण पदकको आशा गरेको थियो तर कास्यमा चित्त बुझायो ।
मेगान रापिनोले अस्ट्रेलियाविरुद्ध शुरूका दुई गोल गरिन् । कार्ली लोयड र काइटलिन फूर्डले दुई गोल थपे ।
यी दुई टोली समूह चरणमा भिड्दा गोलरहित बराबरीमा टुंगिएको थियो । तर आजको खेलमा कडा प्रतिस्पर्धा भयो ।
एजेन्सी। बेलायतले ट्रायथलनको मिक्स रिलेमा निर्धारित दुरी १ घण्टा २३.४१ मिनेमा पार गर्दै स्वर्ण पदक जितेको हो। ओलम्पिक ट्रायथलनमा बेलायतको यो तेस्रो स्वर्ण पदक हो। बेलयातले टोकियो पनि पुरुष र महिला एकलमा रजत पदक जितेको थियो। अमेरिकाले १ घण्टा २३.५५ मिनेटमा दुरी पार गर्दै रजत पदक जित्यो। फ्रान्सले १ घण्टा २४.०४ मिनेटमा दुरी पार गर्दै काश्य पदक जित्यो।
एजेन्सी। स्टेफेनी डोल्सन, एलिशा ग्रे र केलेसी प्लम सम्मिलित अमेरिकी महिला बास्केटबल टिमले महिला थ्री–नट–थ्री बास्केटबलमा स्वर्ण पदक जितेको छ। अमेरिकाले रुसलाई १८–१५ ले हराउँदै स्वर्ण पदक जितेको हो। थ्री–नट–थ्री बास्केटबल यही संस्करणबाट ओलम्पिकमा समावेश गरिएको हो। चीनले काश्य पदक जित्यो। चीनले फ्रान्सलाई १६–१४ को स्कोरमा पराजित गरेको हो।