टोकियो ओलम्पिकः बिच भलिबलमा अमेरिकाले जित्यो स्वर्ण

एजेन्सी। अमेरिकाका अप्रिल रोस र एलिक्स क्लिनेमनले महिला बिच भलिबलमा स्वर्ण पदक जितेका छन्। उनीहरुले अष्ट्रेलियाका आर्टाचो डेल सोलार र टालिकुए क्लान्सीको जोडीलाई २१–१५, २१–१६ ले हराएको हो। क्लिनेमनले लन्डनमा रजत र ब्राजिलमा काश्य पदक जितेकी थिइन्। सिड्नी ओलम्पिकपछि अष्ट्रेलियाले पहिलो पटक बिच भलिबलमा पदक जितेको हो। स्विट्जरल्यान्डले लात्भियालाई २१–१९, २१–१५ ले हराउँदै काश्य पदक जित्यो।