लिमी : दुई बस्ती जोड्ने भूभाग

हुम्लाको लिमी उपत्यका करिब ११ सय वर्षअघि नै आवाद भएको क्षेत्र हो । यसकारण परम्परागत धार्मिक वास्तुशास्त्र अध्ययनका हिसाबले यो गाउँ निकै महत्वपूर्ण छ । यसबाहेक लिमी उपत्यका प्राकृतिक र भौगोलिक दृश्यावलोकनका...

सम्बन्धित सामग्री

साहसिक पदयात्रा मार्ग र शेर्पेनीकोल

साहसिक पर्यटनका लागि नेपाल विश्वकै उत्कृष्ट गन्तव्य मानिन्छ । कैयौं हिमाल र हिमालका घाँटीहरू पास गर्दै कठिन यात्रा गर्नुपर्ने उच्च हिमाली क्षेत्रमा रहेका पदयात्रा (ट्रेकिङ रूट) मार्ग छन् । ग्रेट हिमाल ट्रेल, शेर्पेनीकोल, टाशीलाप्चा पास, आमालाप्चा पास, मिङ्माला पास, मेराला पास, कालापत्थर, गोक्यो–री, रिन्जोला पास, चलोला पास, कञ्चनजंघा दक्षिण सेलेले पास, मिरिङला पास, कञ्चनजंघा उत्तर ल्होनाक, पाङ्पेमा बेस क्याम्प, कागमारा पास, अप्पर डोल्पा, शे–गुम्बा, धो–तराप पास, गणेश हिमाल, रुबी भ्याली, नार–फु, थोरोङपास, तिलिचो पास, मनास्लु पास, चुम भ्याली, धवलागिरि पास (धवलागिरि राउन्ड), गोसाइँकुण्ड पास, अप्पर मुस्ताङ, माछापुच्छे« तथा अन्नपूर्ण बेस क्याम्प, मार्दी हिमाल, अन्नपूर्ण धवलागिरि (एडी) सर्कट, अपी हिमाल, हुम्ला (लिमी) पास आदि प्रमुख पदयात्रा मार्ग हुन् । विश्वकै उच्च हिमाली क्षेत्रमा गरिने धेरै कम पदयात्रा मार्गमध्ये पर्ने शेर्पेनीकोल एक हो । पदयात्रीहरू शेर्पेनीकोल र वरुणत्चे–१ बीचको ६ हजार २०० मीटरको सेरोफेरोको यात्रामा खुबै सास्ती खेपिरहेका हुन्छन् । धेरै उचाइ र साह्रै कठिन यात्रा गर्नुपर्ने भएकाले यो पदमार्गमा धेरै कम विदेशी पर्यटक आउने गरेका छन् । यो रूटमा ट्रेकिङ गर्न कुनै बेला सुनसरी जिल्लाको धरान बजार, भेंडेटार, धनकुटा बजार, हिले, पाख्रीवास, ताङ्माया, तुम्लिङटार हुँदै पैदल यात्रा गर्नुपथ्र्यो । अहिले चाहिँ संखुवासभा जिल्लाको चिचिला–नुमसम्मै गाडी चल्ने गरेको छ । त्यहाँबाट पैदल यात्रा टाशी गाउँ, याङले खर्क, खोङमा–ला, मकालु बेस क्याम्प, वरुत्चे हिमालको बेस क्याम्प हुँदै शेर्पेनीकोल (६,१२५ मीटर) पास गरेर सोलुखुम्बु जिल्लाको मेरा–ला, खारे, ठाङना, हुँदै लुक्ला पुगेर पदयात्रा सकिन्छ । केही पदयात्रीहरूले चाहिँ मेरा–ला वा वरुत्चे हिमालबाट आम्फु लाप्चा पास हुँदै छुकुङ गाउँमा निक्लेर दिङबोचे, फेरिचे, पाङबोचे, तेङबोचे, नाम्चे बजार हुँदै लुक्ला बजारमा आएर आफ्नो २५/२६ दिनदेखि २९/३०/३१ दिनसम्मको पदयात्रा समाप्त गर्छन् । यो पदयात्रा मार्गमा विभिन्न उपमार्ग पनि छन् तापनि मानेभञ्ज्याङ, चिचिला, नुम, सेदुवा, टासिगाउँ, खोङ्मा डाँडा, नुम्बुक, याङ्ले खर्क, हिलारीबेस क्याम्प हुँदै शेर्पेनीकोल (६,१२५ मीटर) मा क्याम्प गर्नुपर्छ । यहाँ सीधा भिरालो छ । यहाँको बाटो हिउँ नै हिउँले ढाकेको हुन्छ, जहाँ नीलो जमेको ‘ब्लु आइस’को ढिक्काको बाटो क्रस गर्दै हिँडेर पास गर्नुपर्छ । ६,२०० मीटरको हाराहारीमा वरुणत्चे हिमालको क्याम्प–१ मा वास बस्नुपर्छ । यो मार्गमा टासीगाउँसम्म मान्छेको बसोवास छ । यहाँ २०–२५ घर शेर्पा छन् । त्यसपछिको प्राय: सबै क्याम्प खर्क–चउरमा गरिन्छ । हिलारी बेसक्याम्पदेखि हिउँमाथि हिँड्न शुरू गर्नुपर्छ । हिलारी बेस क्याम्प ४,२०० मीटर उचाइमा अवस्थित छ । त्यस्तै १ दिन पूरै नाक ठोक्किने उकालो बाटो हिँड्नुपर्छ । पदयात्रीहरू शेर्पेनीकोल र वरुणत्चे–१ बीचको ६,२०० मीटरको सेरोफेरोमा यात्रा गरिरहेका बेला खुबै सास्ती खेपिरहेका हुन्छन् । उच्च हिमाली भेगमा अक्सिजनको कमी हुन्छ । हिँड्दाहिँड्दै थकाइ लागेमा हिउँमाथि नै थचारिएर सास फेर्छन् । प्राय: सबै पदयात्री, स्टाफ तथा भरियाको हालत त्यस्तै हुन्छ तापनि भरियाको अवस्था बढी नै दयनीय हुन्छ । कतिपय भरिया उच्च हिमाली भेगमा अत्यधिक चिसोका कारण लाग्ने अस्थायी रोग (फोक्सो र दिमागमा पानी जम्ने ‘हेप’ र ‘हेस’) का कारण सिकिस्तै हुन्छन् भने कतिको त हिँड्दाहिँड्दै ज्यानै जान सक्ने खतरा हुन्छ । शेर्पेनीकोल पास गरेर वरुणत्चे बेस क्याम्प आउने दिन लगभग ५०० मीटरजति त डोरी मात्रै टाँग्नुपर्छ । मान्छे, खाना, पाल, पर्यटकको सरसामान भएको बेडिङलगायत सबै सरसामान डोरीबाटै पास गर्नुपर्छ । कति भरियाले भारी बोक्न नसकेर बाटो छाडेर हिँड्छन् । ज्यानभन्दा ठूलो होइन ती खानेकुरा र सरसामानहरू ! बाटामा कताकति हिउँले कठ्याङ्ग्रिएर र लेक लागेर मरेका मान्छेको लास पनि भेटिन्छ । ती लास प्राय: नेपालीका, त्यसमा पनि भरियाहरूको हुन्छ । दिउँसोको चर्को घाममा हिउँ टल्किएर आँखाले केही देखिँदैन । भारी बोक्ने मान्छेलाई पार लगाउँदाको हैरान होइन्छ । फेरि तल बस्नेले गलत संंकेत दियो भने दुर्घटना हुने सम्भावना बढी नै हुन्छ । त्यसैले यो पदयात्रा मार्गमा हत्तपत्त कुनै पनि विदेशी पदयात्रीहरूले पदयात्रा (ट्रेकिङ) गर्दैनन् । जजसले यो मार्गमा पदयात्रा गर्छन्, ती जुनसुकै देशका होऊन्, उनीहरू आफूलाई गौरवान्वित र भाग्यमानी भएको ठान्छन् । यहाँ पर्यटकले विश्वकै उच्च हिमाली भेगको पास एवम् खतरापूर्ण र साहसिक पदयात्रा गर्न सफल हुन्छन् । विगतमा आधुनिक सूचना र सञ्चारको अभाव र मानव बस्ती नभएका कारण बीच बाटोमा कथंकदाचित् विदेशी पर्यटक अथवा नेपाली स्टाफहरू बिरामी भइहालेमा उद्धारका लागि हेलिकोप्टर मगाउन हत्तपत्त सम्भव हुन्थेन । लेक लागेर बिरामी भएका मान्छेलाई बचाउन सके वा बिरामी बाँचेमा पनि सद्दे र तगडा मान्छेले सकी–नसकी बोकेरै उद्धार गरिन्थ्यो । केही गरी विदेशी पर्यटक मरेमा लासलाई बोकेरै सुगम ठाउँमा ल्याइन्थ्यो र हेलिकोप्टरले उद्धार गरेर काठमाडौं ल्याउँथ्यो । नेपालीहरू मरी हालेमा लास त्यतै छाडिन्थ्यो । त्यस्तो अनकन्टार र हिउँ नै हिउँको बाटोमा कोही बिरामी भइहालेमा बिरामीका साथमा ३–४ जना स्टाफ साथ लगाएर पठाउनुपर्ने हुन्थ्यो । बिरामी एक्लै फर्किन सम्भव नै हुँदैनथ्यो । बिरामीलाई एक्लै फर्काएमा बाटोमा मर्ने बाँच्ने केही ठेगान हुँदैनथ्यो, अझ त्यसरी एक्लै पठाउँदा धेरैजसो बिरामी मर्ने सम्भावना नै हुन्थ्यो । लेखक पर्यटनकर्मी हुन् ।

पाँचहजार मिटर अग्लो लेक छिचोलेर चामल माग्न सदरमुकाममा

चरम खाद्यान्न अभाव हुने हुम्लाको हिमालपारीको बस्ती लिमी गाउँका बासिन्दा चामल माग्न पाँच हजार मिटर अग्लो न्यालु लेक नाघेर सदरमुकाम सिमकोट आइपुगेका छन् । खाद्यान्नका लागि चीनको ताक्लाकोटमा निर्भर रहेका लिमीबासीहरुलाई त्यहाँबाट दुई वर्षदेखि खाद्यान्न तथा अन्य उपभोग्य वस्तु आयात बन्द भएपछि ठूलो संकट भैरहेको छ । पेटको आगो मेटाउनकै लागि नाराको लेकमा तीन फिटसम्म जमेको …

हिमपातले गाउँमै थुनिए लिमीवासी

भारी हिमपातका कारण नाम्खा–६ लिमीका बासिन्दा गाउँमै थुनिएका छन् । यो वर्ष स्थानीयले गाउँ नछाड्दै हिमपात भएपछि लिमी प्राकृतिक रूपमा सिल भएको हो । हिमपातले सबै बाटो पुरिएपछि बस्ती–बस्तीबीचको आवागमन ठप्प भएको छ ।

नाम्खा गाउँपालिकाको लिमी र यारी क्षेत्रमा हिमपात

हुम्ला– हुम्लाको नाम्खा गाउँपालिकाको लिमी र यारी क्षेत्रमा एक फिटभन्दा बढी हिउँ जमेको छ । आइतबार बेलुकादेखि पानीसँगै हिउँ परेको हो । नाम्खा गाउँपालिकाको लिमी र मुचुको यारीका बस्ती ४२ सय मिटरभन्दा अग्लो स्थानमा छन् । एक फिट हिउँ जमेकाले गाईवस्तु चराउन जानसमेत कठिन रहेको लिमीबाट वडाध्यक्ष पाल्जोर तामाङले जानकारी दिए । हिउँ पर्ने क्रम […]