चरम खाद्यान्न अभाव हुने हुम्लाको हिमालपारीको बस्ती लिमी गाउँका बासिन्दा चामल माग्न पाँच हजार मिटर अग्लो न्यालु लेक नाघेर सदरमुकाम सिमकोट आइपुगेका छन् । खाद्यान्नका लागि चीनको ताक्लाकोटमा निर्भर रहेका लिमीबासीहरुलाई त्यहाँबाट दुई वर्षदेखि खाद्यान्न तथा अन्य उपभोग्य वस्तु आयात बन्द भएपछि ठूलो संकट भैरहेको छ । पेटको आगो मेटाउनकै लागि नाराको लेकमा तीन फिटसम्म जमेको …