पर्यटकीय राजधानी पोखरामा आजदेखि श्रमाधान रोजगार मेला सुरु भएको छ । मेलाको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संयुक्त रुपमा उद्घाटन गरे।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले राम्रो तयारीबिना केही ठाउँमा गरिएका कार्यक्रमले अपेक्षित नतिजा निकाल्न नसक्ने बताउनुभएको छ । उहाँले कामदारले योग्यता अनुसारको काम र रोजगारदाताले योग्य जनशक्ति पाउने वातावरण सिर्जना गर्न सरकारले भूमिका निर्वाह गर्ने उल्लेख गर्नुभयो । मेला श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा पोखरामा सोमबार सुरु भएको श्रमाधान रोजगार मेलामा उहाँले यस्तो बताउनुभएको हो ।
के तपाईं बेरोजगार हुनुहुन्छ? कि रोजगारी खोजीका लागि भौतारिरहनु भएको छ? यदि छ भने चिन्ता नमान्नुस्। गण्डकी प्रदेश सरकारले बेरोजगार तथा रोजगारीको खोजिमा रहेकाका लागि लक्षित गरेर दोश्रो वृत्ति परामर्श तथा रोजगार मेला आयोजना गर्ने भएको छ।
के तपाईं बेरोजगार हुनुहुन्छ? कि रोजगारी खोजीका लागि भौतारिरहनु भएको छ? यदि छ भने चिन्ता नमान्नुस्। गण्डकी प्रदेश सरकारले बेरोजगार तथा रोजगारीको खोजिमा रहेकाका लागि लक्षित गरेर दोश्रो वृत्ति परामर्श तथा रोजगार मेला आयोजना गर्ने भएको छ।
१७ फागुन, पोखरा । पोखरा महानगरपालिका वडा नं. १३ ले शुक्रबार बेरोजगार युवा लक्षित ‘रोजगार मेला’ आयोजना भएको छ । ‘रोजगार मेला’ मा विभिन्न रोजगारदाता कम्पनीका १० वटा स्टल राखेर कर्मचारी छनोट तथा प्रशिक्षण दिइने वडाध्यक्ष किरण बरालले जानकारी दिए । ‘पोखरा जब फेयर’मा विभिन्न व्यापारिक घरानादेखि जब एजेन्सिज्, मन्टेस्वरी स्कुल र आइटीसम्बद्ध विद्यार्थीहरु पनि […]
कास्की । गण्डकी प्रदेश सरकारको आयोजनामा पोखरामा वृत्ति परामर्श तथा रोजगार मेला सम्पन्न भएको छ । युवा जनशक्ति वैदेशिक रोजगारीमा पलायन भइरहेका कारण जनशक्ति अभावको समस्या रहेकाले वेरोजगारयुवा युवतीहरुलाई विदेश पलायन हुनबाट रोकेर स्वदेशमै रोजगार सृजना गर्ने र औद्योगीक तथा व्यवसायीकक्षेत्रमा भएको जनशक्ति अभावलाई पूर्ती गर्ने उदेश्यले आयोजना गरिएको ३ दिने रोजगार मेला आईतबार सम्पन्न […]
कास्की – पोखरामा जागिर खोज्ने र जागिर दिनेहरुकाबीचमा भेटघाट गराउने उद्देश्यले वृत्ति परामर्श तथा रोजगार मेला हुने भएको छ । साउनको ६ गतेदेखि तीन दिनसम्म सञ्चालन हुने मेलाको आयोजना शिक्षा संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय गण्डकीले गर्न लागेको हो ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमका विषयमा विद्यार्थीलाई परामर्श, बेरोजगारका लागि रोजगारीको अवसर र रोजगारदाताका लागि कामदार उपलब्ध गर्ने उद्देश्यले मेला गर्न लागेको गण्डकी शिक्षा संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्...
पर्यटकीय नगरी पोखरामा प्रदेशस्तरीय औद्योगिक प्रदर्शनी तथा रोजगार मेला हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ प्रदेश नम्बर ४ र कास्की शाखाको संयुक्त आयोजनामा यही वैशाख २० देखि पोखरामा पहिलो पटक प्रदेशस्तरिय औद्योगिक प्रदर्शनी तथा रोजगार मेला हुने भएको पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।