औद्योगिक प्रदर्शनी तथा रोजगार मेला २० वैशाखमा

पर्यटकीय नगरी पोखरामा प्रदेशस्तरीय औद्योगिक प्रदर्शनी तथा रोजगार मेला हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ प्रदेश नम्बर ४ र कास्की शाखाको संयुक्त आयोजनामा यही वैशाख २० देखि पोखरामा पहिलो पटक प्रदेशस्तरिय औद्योगिक प्रदर्शनी तथा रोजगार मेला हुने भएको पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।