नेपाली फुटबल समर्थकहरूको संस्था ‘हाम्रो फुटबल नेपाल’ र एन्फाबीच सहिद स्मारक सि डिभिजन फुटबल छनोटका लागि सहकार्य भएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधबार एन्फा महासचिब इन्द्रमान तुलाधर र हाम्रो फुटबल नेपालका अध्यक्ष कृष्ण गुरुङले सहमतिपत्रमा हस्ताक्षर गरे । जसअनुसार छनोट प्रतियोगितामा हाम्रो फुटबल नेपालले एन्फालाई पाँच लाख बराबरको सामाग्री उपलब्ध गराउनेछ । प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई प्रदान गरिने प्लेयर अफ द म्याच ट्रफी यसमा समावेश छ । नेपाली फुटबल इतिहासमा समर्थक