नेपाल र भारतबीचको फुटबल सुरु

काठमाडौँ – नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल खेल सुरु भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल सुरु भएको हो। नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक मोहम्मद अलमुताइरीले आफूहरु बराबरीका लागि नभइ जितका लागि खेल्ने बताएका छन्। बुधबार भएको पत्रकार सम्मेलनमा प्रशिक्षक अलमुताइरीले यस्तो बताएका हुन्। यस्तै कप्तान किरण चेमजोङले पनि आफूहरुको आत्मविश्वास बलियो रहेको बताएका छन्। नेपालले भारतमाथि […]

सम्बन्धित सामग्री

आज नेपाल र भारत भिड्दै

साफ यू–२० फुटबल च्याम्पियनसिपअन्तर्गत आज नेपाल र भारत प्रतिस्पर्धा गर्दैछन् ।  दुवैले आफ्नो तेस्रो खेल खेल्दैछन् । नेपालले यसअघिका दुई खेल जित्दै ६ अंक बटुलिसकेको छ । भारतले भने एक खेल...

नेपाल र भारत एकै समूहमा

काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकामा आगामी भदौंमा आयोजना हुने साफ यू–१७ च्याम्पियनसिपमा नेपाल र भारत एकै समूह ‘बी’ मा परेको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले शनिबार सार्वजनिक गरेको समूह विभाजनमा नेपाल रहेको समूहमा भारतसँगै भुटान पनि रहेको छ । समूह ‘ए’ आयोजक श्रीलंका, माल्दिभ्स र बंगलादेश रहेका छन् । च्याम्पियनसिप भदौं २० […]

साफ च्याम्पियनसिपका लागि नेपाली फुटबल टोली आज भारत जाँदै

काठमाडौं : पुरुष साफ च्याम्पियनसिपका लागि १९ वर्षमुनिको नेपाली फुटबल टोली आज भारत जाँदै छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज बिहान टोलीलाई बिदाइ गरेको छ। टोली दिउँसो ३ बजे भारत प्रस्थान गर्ने एन्फा महासचिव किरण राईले जानकारी दिए।च्याम्पियनसिपका लागि २३ सदस्य नेपाली टोली घोषणा गरिसकिएको छ। प्रतियोगितामा नेपालको कप्तानी अनुभवी मिडफिल्डर आयुष घलानले गर्नेछन्।च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहनेछ। च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले जुलाई २५ मा माल्दिभ

साफ च्याम्पियनसिप फुटबल उपाधिका लागि आज नेपाल र भारत खेल्दै

३० असोज, काठमाडौं । तेह्रौं संस्करणको साफ च्याम्पियनसिप फुटबल उपाधिका लागि आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै छ । खेल राति पौने नौ बजे मालदिभ्सको राजधानी मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुने छ । फाइनल खेलमा नेपाली टिमका एक जना महत्वपूर्ण सदस्य अन्जन विष्ट भने खेल्ने छैनन् । लगातार दुईवटा खेलमा पहेंलो कार्ड पाएका कारण उनले […]

साफ फुटबल : उपाधिका लागि नेपाल र भारत भिड्ने

काठमाडौँ- साफ फुटबलको उपाधिका लागि नेपाल र भारत भिड्ने भएका छन् । भारत र नेपाल शीर्ष दुईमा रहँदै उपाधि नजिक पुगेका हुन् । बुधबार राति राउण्ड रोबिन लिगको अन्तिम खेलमा आयोजक माल्दिभ्सलाई ३-१ गोलले हराउँदै भारतले फाइनलमा स्थान बनाएको हो ।बुधबार नै भएको पहिलो खेलमा नेपालले बंगलादेशसँग बराबरी खेल्दै फाइनलमा स्थान बनाएको थियो । फाइनलमा नेपाललाई […]

यस्तो रह्यो नेपाल-भारत मैत्रीपूर्ण फुटबल [तस्वीरहरू]

दशरथ रंगशालामा भएको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल पराजित भएको छ । भारतले नेपाललाई २–१ ले पराजित गरेको हो ।  भारतका लागि कप्तान सुनिल क्षेत्री र फारुक चौधरीले गोल गरे । नेपालका लागि तेज तामाङले एक गोल फर्काएका थिए ।  सबै गोल दोस्रो हाफमा भएको हो । पहिलो हाफ भने गोलरहित बराबरी भएको थियो ।  भारतको पोष्टमा नेपालले गरेका धेरै प्रहारहरू खेर गरेका थिए भने अवसरको सदुपयोग पनि गर्न सकेनन् ।  बिहीवार नेपाल र भारतबीच भएको पहिलो खेल १–१ गोलको बराबरीमा टुंगिएको थियो ।

हाम्रो पात्रोले नेपाल-भारत मैत्रीपूर्ण फुटबल खेलको प्रत्यक्ष प्रसारण गर्ने

नेपाल र भारतबीच आइतबार दशरथ रङ्गशालामा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिताको दोस्रो खेल हाम्रो पात्रोले प्रत्यक्ष प्रसारण गर्ने भएको छ।

तस्बिरमा हेर्नुहोस् नेपाल–भारतबीचको मैत्रीपूर्ण फुटबल

नेपाल र भारतबीच भएको मैत्रीपूर्ण फुटबल बराबरीमा सकिएको छ। दशरथ रंगशालामा भएको खेलमा नेपाल र भारत दुबैले समान एक एक गोल गर्दै बराबरी खेलेका हुन्। नेपालका लागि अन्जन विष्टले गोल...

नेपाल–भारतबीचको मैत्रीपूर्ण फुटबल बराबरीमा सकियो

नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल बराबरीमा सकिएको छ। दशरथ रंगशालामा भएको खेलमा नेपाल र भारत दुबैले समान एक एक गोल गर्दै बराबरी खेलेका हुन्। पहिलो हाफमा अन्जन विष्टले नेपालका लागि...

नेपाल–भारत मैत्रीपूर्ण फुटबल सुरु

नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल काठमाडौंस्थित दशरथ रंगशालामा सुरु भएको छ। खेल केहीबेरअघि ५ः३० बजेदेखि सुरु भएको छ। आसन्न साफ च्याम्पियनसिप फुटबल प्रतियोगितालाई मध्यनजर राखी नेपाल–भारतबीच मैत्रीपूर्ण खेल आयोजना गरिएको हो। कप्तान...