काठमाडौं, १८ साउन — नेकपा एमालेले प्रधानमन्त्री पदमा उम्मेदवारी नदिने बताएपछि प्रधानमन्त्री निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एक्लो उम्मेदवार बन्ने लगभग पक्का भएको छ । उम्मेदवारी मनोनयनका लागि अपराह्न ४ बजे सम्मको समय भएपनि अन्य दलले दरखास्त फारम लगेका छैनन् । एकमात्र उम्मेदवारी परेपछि के प्रचण्ड निर्विरोध प्रधानमन्त्री निर्वाचित हुन्छन् ? संसद सचिवालयका …