मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि बनेको नयाँ गठबन्धनबाट प्रधानमन्त्री नियुक्त हुनुभएका पुष्पकमल दाहाल प्रचण्डले संसदमा विश्वासको मत लिंदै हुनुहुन्छ । संसदमा प्रतिनिधित्व गर्ने ६ राजनीतिक दलको समर्थनमा प्रधानमन्त्री बन्नुभएका प्रचण्डलाई नेकपा एकीकृत समाजवादीले शशर्त विश्वासको मत दिने निर्णय गरेको छ भने लोकतान्त्रिक समाजवादी पार्टीले पनि विश्वासको मत दिने निर्णय गरेको छ ।