काठमाडौं । इन्डोनेशियाको जाभा टापुमा ज्वालामुखी बिस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । यस्तै, बिस्फोटमा ४९ जना घाइते भएका छन् । इन्डोनेशियाको माउन्ट सेमेरुबाट ज्वालामुखीको खरानी र धुवाँ धेरै माइल टाढासम्म फैलिएका कारण घटनास्थल वरपरको जनजीवन प्रभावित भएको छ । ज्वालामुखी बिस्फोट पछि माउन्ट सेमेरु नजिकको मलंग शहर बाक्लो धुवाँले पुरै अन्धकार बनेको छ […]