जापानमा शक्तिशाली ज्वालामुखी विष्फोट - Purbeli News

टोकियो । जापानको खागोशिमामा फेरि एउटा शक्तिशाली ज्वालामुखी बिस्फोट भएको छ । जापानको खागोशिमा प्रिफेक्चरको दक्षिण पश्चिमी टापुमा सोमबार बिहान ज्वालामुखी विस्फोट भएको हो । जापान मौसम विज्ञान एजेन्सीका अनुसार विस्फोट बिहान २ बजेर ४८ मिनेटमा सुवानोसेजिमा टापुमा भएको हो । एजेन्सीले ज्वालामुखी विस्फोटको सतर्कता चेतावनीलाई अधिकतम ५ मध्ये तेस्रो स्तरमा राखेको जनाएको छ ।...

सम्बन्धित सामग्री

जापानले जारी गरिएको सुनामीको चेतावनी रद्द

टोकियो– प्यासिफिक टापु राज्य टोंगामा ज्वालामुखी विष्फोट भएपछि जापानका जारी गरिएको सुनामी चेतावनी खतरा समाप्त घोषणा गर्दै रद्द गरिएको जापानको मौसम विज्ञान एजेन्सीले जनाएको छ । टोंगामा शक्तिशाली ज्वालामुखी विस्फोट भएपछि जापानमा सुनामी आउन सक्ने भन्दै शनिबार मध्यराति सूचना जारी गरिएको थियो । स्थानीय समयानुसार आइतबार मध्याह्न १४ः०० बजे सो सुनामी चेतावनी रद्द गरिएको जापान […]

जापानले जारी गरेको सुनामीको चेतावनी रद्द

प्यासिफिक टापु राज्य टोंगामा ज्वालामुखी विष्फोट भएपछि जापानका जारी गरिएको सुनामी चेतावनी खतरा समाप्त घोषणा गर्दै रद्द गरिएको जापानको मौसम विज्ञान एजेन्सीले जनाएको छ ।टोंगामा शक्तिशाली ज्वालामुखी विस्फोट भएपछि जापानमा सुनामी आउन सक्ने भन्दै शनिबार मध्यराति यो सूचना जारी गरिएकोे थियो । स्थानीय समयानुसार आइतबार मध्याह्न १४ : ०० बजे सो सुनामी चेतावनी रद्द गरिएको जापान मौसम विज्ञान एजेन्सीले जनाएको छ । सुनामीको चेतावनी दिदै देशका आठ प्रान्तका करिब  दुई लाख ३० हजार मानिसहरूलाई ठाउँ खाली गर्न

ज्वालामुखी विष्फोटपछि न्यूजिल्याण्डमा सुनामीको चेतावनी

एजेन्सी, १ माघ। शक्तिशाली ज्वालामुखी विष्फोट भएपछि न्यूजिल्याण्डको केही भागमा सुनामीको चेतावनी दिइएको छ । समुन्द्रमुनि ज्वालामुखी विष्फोट भएपछि टोङ्गा र न्यूजिल्याण्डलगायत धेरै देशहरूमा सुनामीको चेतावनी जारी गरिएको हो । ज्वालामुखीबाट निस्केको ग्याँस, धुवाँ र खरानी २० किलोमिटर आकाशमा पुगेको टोंगा भूगर्भ विभागले जनाएको छ ।राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सीले देशका केही भागहरूमा समुन्द्री तटीय क्षेत्रका […]

इण्डोनेसियाको जाभा टापुमा शक्तिशाली ज्वालामुखी विष्फोट

काठमाडौं । इन्डोनेशियाको जाभा टापुमा ज्वालामुखी बिस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । यस्तै, बिस्फोटमा ४९ जना घाइते भएका छन् । इन्डोनेशियाको माउन्ट सेमेरुबाट ज्वालामुखीको खरानी र धुवाँ धेरै माइल टाढासम्म फैलिएका कारण घटनास्थल वरपरको जनजीवन प्रभावित भएको छ । ज्वालामुखी बिस्फोट पछि माउन्ट सेमेरु नजिकको मलंग शहर बाक्लो धुवाँले पुरै अन्धकार बनेको छ […]