काठमाडौं महानगरपालिका: आइसोलेसन सहितको अस्पताल निर्माण गर्न समिति गठन
कोभिड–१९ महामारीको नियन्त्रणका लागि सुविधासम्पन्न आइसोलेसनसहितको अस्पताल निर्माणका लागि उपयुक्त प्रस्ताव पेश गर्न वडा नं ३ का अध्यक्ष दीपक केसीको अध्यक्षतामा सात सदस्यीय समिति गठन
सरकारले शिक्षकका लागि छुट्टै अस्पताल निर्माण गर्न जग्गा खोजी थालेपछि चिकित्सक अर्जुन कार्कीले सामाजिक सञ्जालमा प्रश्न गरेका छन्, ‘हरेक पेसाको लागि छुट्टाछुट्टै अस्पताल बनाउन उपयुक्त र आवश्यक छ कि छैन होला ?’शिक्षामन्त्री देवेन्द्र पौडेलले सोमबार शिक्षकका लागि अस्पताल बनाउन ठाउँ खोज्न समिति गठन गरेपछि पेसापिच्छे भिन्दाभिन्दै अस्पताल कति आवश्यक भन्ने बहस सुरु भएको छ ।
काठमाडौँ । सरकारले शिक्षकहरुका लागि छुट्टै अस्पताल बनाउने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै अस्पताल निर्माण गर्ने ठाउँ खोज्नका लागि समितिसमेत गठन गरिसकेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले शिक्षक अस्पताल बनाउने जग्गा व्यवस्थापनका लागि विमल चालिसेको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको जानकारी […]
काठमाडौं । काठमाडौं महानगरपालिकाले कोभिड–१९ महामारीको नियन्त्रणका लागि सुविधासम्पन्न आइसोलेशनसहितको अस्पताल निर्माणका लागि उपयुक्त प्रस्ताव पेश गर्न वडा नं ३ का अध्यक्ष दीपक केसीको अध्यक्षतामा सात सदस्यीय समिति गठन गरेको छ ।
समितिको सदस्यमा वडा नं ६ का अध्यक्ष दीपेन्द्र लामा, ७ का अध्यक्ष शुद्धकुमार डङ्गोल, वडा नं २२ का अध्यक्ष...