काठमाडौँ : शान्ति सेनामा सहभागी हुने फौजको पेशागत दक्षता बढाउन काभ्रेपलाञ्चोकको पाँचखालमा १८ देशका सैनिक तालिम गरिरहेका छन्।फागुन ८ गते सैनिक मुख्यालय भद्रकालीबाट उद्घाटन भएको तालिम पाँचखालमा जारी छ। तालिममा अमेरिका, अष्ट्रेलिया, पाकिस्तान, बंगलादेश, फिजी, घाना, मलेशिया, इण्डोनेशिया, मंगोलिया, थाइल्याण्ड, उरुग्वे, दक्षिण कोरिया, श्रीलंका, भियतनाम, क्यानडा, फिलिपिन्स, नाइजेरिया लगायतका १८ देशका सैनिक सहभागी छन्।तालिम फागुन २१ गते पाँचखालस्थित वीरेन्द्र शान्ति तालिम केन्द्रमा सम्पन्न हुने केन्द्रक