मुस्लिम बहुल क्षेत्र कपिलवस्तुको तौलिहवास्थित इदगाह र मस्जिदमा मुस्लिम धर्मावलम्बीहरु भेला भएर प्रार्थना गरेका छन् । ईदगाह र मस्जिद उल्लासमय बनेको छ । इदका दिन शनिबार मुस्लिम धर्मावलम्बीहरु कपिलवस्तु नगरपालिकाको बसपार्कस्थित इदगाहमा र छोट्की तौलिहवास्थित मस्जिद पुगेर नमाज पढेका थिए ।