नारायण कोइराला/तानसेन पाल्पा, हाल यूएई ।
अहिले यूएईमा इदको समय छ । इस्लाम धर्मावलम्बीहरूको लागि खुसीको समय हो ।
यो बेला दुःखसुख आदानप्रदान गरिन्छ । एक महिना रमजान सकिएपछि इद उल–फितर आउने गर्दछ । यसपालि इदमा ठुलो भिडभाड हुने अवस्था छैन । कोरोना महामारीको कारण यहाँको सरकारले कडा नीति लागू गरेको छ । यो खुसी मानिसहरुले घरमै बसेर साटासाट गर्ने बाहेक अर्को विकल्प छैन ।
समूहमा घुमफिर गर्ने अवस्था पनि छैन । यहाँका इस्लाम धर्मावलम्बी साथीहरूले पनि घरैमा बसेर मनाउनेछन् ।
हामी आप्रवासी नेपाली...