इस्लाम धर्मावलम्बीहरूको ठूलो पर्व इद उल फित्र (इद) मंगलबार हर्षाेल्लासका साथ देशभर धुमधामले मनाइएको छ ।पवित्र महिना रमजानको एक महिनाको लामो कठोर व्रत (रोजा)पछि इदगाहहरुमा आज बिहान ‘इद उल फित्र’ इदको सामूहिक नवाज पढिएको हो । काठमाडौंको चर्चित जामे मस्जिदमा प्रार्थना सकेपछि एकापसमा अङ्कमाल गर्दै इदको शुभकामना आदानप्रदान भएको थियो । आत्मसंयम र शुद्धीका लागि नवौँ महिनामा एक महिनाभरि रोजा बसेर दशौँ महिनाको पहिलो दिन इद मनाउने चलन छ ।