त्रियुगा–१२ मा पुन: मतदान कि मतगणना गर्ने भन्ने विवाद कायमै

उदयपुरको त्रियुगा नगरपालिका–१२ को जनप्रेमी आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रको विवाद नटुंगिँदा पुनः मतदान कि मतगणना भन्ने विषय नै अन्योलमा परेको छ । निर्वाचन आयोगले दुईमध्ये एकमा पुनः मतदान कि मतगणना...

सम्बन्धित सामग्री

बाजुरामा पनि सुरु भयो मतगणना

काठमाडौं : एक नगरपालिकामा पुनः मतदान भएको बाजुरामा मतगणना सुरु भएको छ। बिहानदेखि सर्वदलीय बैठक बसेर सहमति भएपछि बिहीबार साँझदेखि ४ ठाउँमा मतगणना सुरू भएको सहायक निर्वाचन कर्मचारी योगेन्द्र रावलले जानकारी दिए।मंसिर ४ गते मतदानका दिन कांग्रेस-एमालेका कार्यकर्ताबीच झडप भएपछि बुढीनन्दा नगरपालिकाको वडा नम्बर ७ मा पुन मतदान गरिएको थियो ।अन्य स्थानमा पनि एक पक्षले पुनः मतदान र अर्को पक्षले मतगणना सुरु गर्न माग गरेपछि त्यहाँको मतगणना सुरु हुन सकेको थिएन। झडपका कारण एक युवको प्रहरीको गोली लागेर

स्याङ्जामा राति ९ बजेदेखि मतगणना हुने

१४ मंसिर, काठमाडौं । स्याङ्जा २ मा बुधबार राति ९ बजेदेखि मतगणना हुने भएको छ । निर्वाचन आयोगले मतगणना गर्न निर्देशन दिएपछि जिल्लामा बसेको सर्वदलीय बैठकले राति ९ बजेदेखि मतगणना गर्ने निर्णय गरेको हो । नेकपा एमालेले विभिन्न केन्द्रमा बुथ कब्जा भएको भन्दै पुन  मतदान माग गरेको थियो । नेपाली कांग्रेसले भने मतगणना गर्नुपर्ने माग […]

बाजुरा र स्याङजा-२ मा मतगणना गर्ने आयोगको निर्णय

काठमाडौं : निर्वाचन आयोगले बाजुरा र स्याङजा-२ मा मतगणना गर्ने निर्णय गरेको छ। चुनावमा धाँधली भएको भन्दै विवाद भएपछि निर्वाचन आयोगले उक्त क्षेत्रमा मतगणना गरेको थिएन। दुबै ठाउँमा मतगणना हुने एक निर्वाचन आयुक्तले जानकारी दिए। यसअघि दोलखामा पनि चुनावमा धाँधली भएको भन्दै उजुरी परेपछि आयोगले पुन मतदान गर्ने निर्णय गरेको…

बुढीगंगामा पुन: मतदान रोक्न सर्वोच्चले दिएन अन्तरिम आदेश

१४ असार, काठमाडौं । २३ असारमा पुन: मतदान तोकिएको बाजुराको बुढीगंगा नगरपालिकामा ३० वैशाखमै भएको मतदानको मतगणना गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । सर्वोच्च अदालतले बाजुराको बुढीगंगा नगरपालिकामा ३० वैशाखमै भएको मतदानको मतगणना गर्ने आदेश दिन अस्वीकार गरेको छ । निर्वाचन आयोगले बुढीगंगामा ३० वैशाखको मतदान रद्द गरी २३ असारमा पुन: मतदानको निर्णय गरिसकेको […]

त्रियुगाको मतगणना अझै अन्यौलमा

९ जेठ, उदयपुर । उदयपुरमा आठमध्ये सातवटा स्थानीय तहको मतगणना सकिन लाग्दा त्रियुगा नगरपालिकाको मतगणना अझै सुरु भएको छैन । गत वैशाख ३० गते मतदानका दिन वडा नं. १२ को जनप्रेमि आधारभूत विद्यालय मतदान केन्द्रको चुनाव पुन: मतदान हुने भन्दै स्थगित गरिएको थियो । तर मुख्य निर्वाचन अधिकृतको कार्यालयले अझैसम्म त्यहाँ फेरि चुनाव गर्ने वा […]

बूढीगङ्गामा पुन: मतदान कि मतगणना

बाजुरा – जिल्लाका ८ पालिकाको मत परिणाम आए पनि बूढीगङ्गा नगरपालिकाको मतदान गर्ने कि मतगणना गर्ने विषयमा भने विवाद छ । नगपालिकाका वडा नं २, ३, ५ र ९ वडामा नेपाली कांग्रेसले पुनः मतदान गर्न माग राखेको छ । नेकपा एमालेले वडा नं ४ र ७ मा पनि मतगणना हुनुपर्ने अडान लिएको छ । एमाले […]

चङ्खेलीमा स्थगित भएको मतगणना सुरु

सिमकोट- हुम्लाकाे चंखेली गाउँपालिकामा स्थगित भएको मतगणना कार्य आज बिहान ७ बजेबाट सुरु भएको छ। चङ्खेली गाउँपालिका-२ को महादेव मावि मतदान केन्द्रमा मतगणना भइरहेकाे हाे। पुन: मतदान कार्य सम्पन्न भएपछि स्थगित भएको मतगणना कार्य गरिएकाे निर्वाचन अधिकृत हेमकुमार ढकालले जानकारी दिए। निर्वाचन अधिकृतको कार्यालय पिप्लाङले बिहान ६ बजे नै मतगणना स्थलमा उपस्थिति लागि पत्राचार गरेकाे […]

सिम्ता गाउँपालिकामा सोमवार पुन: मतदान

कर्णाली । सुर्खेतको सिम्ता गाउँपालिका–१ भगवती मावि खनेटा केन्द्रमा सोमवार पुन: मतदान हुने भएको छ । मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएको विषयमा तनाव सृजना हुँदा शुक्रवार मतदान स्थगित भएको थियो । स्थगित चुनाव सोमवार विहान सात बजेदेखि ५ बजेसम्म हुने भएको हो । निर्वाचन अधिकृत नारायण सापकोटाले मुख्य निर्वाचन अधिकृत र प्रदेश निर्वाचन कार्यालयबाट मतदान अधिकृतसहितको कर्मचारी, मतपत्रलगायतका आवश्यक सामग्री मतदान केन्द्रमा पुगेको जानकारी दिए । पुन: मतदान हुने भएपछि यसअघि नियुक्त मतदान अधिकृत र अन्य निर्वाचन कर्मचारी हटाइएका थिए । त्यस्तै, जिल्ला निर्वाचन सुरक्षा समन्वय समितिले थप सुरक्षाकर्मी पनि पठाउने तयारी गरेको छ । पूर्वी सुर्खेतमा पर्ने उक्त मतदान केन्द्रमा ८३९ मतदाता छन् । यहाँ मतदान स्थगित हुँदा सिम्ता गाउँपालिकामा आइतवार साँझसम्म पनि मतगणना शुरू भएको छैन । रासस