काठमाडौं : एक नगरपालिकामा पुनः मतदान भएको बाजुरामा मतगणना सुरु भएको छ। बिहानदेखि सर्वदलीय बैठक बसेर सहमति भएपछि बिहीबार साँझदेखि ४ ठाउँमा मतगणना सुरू भएको सहायक निर्वाचन कर्मचारी योगेन्द्र रावलले जानकारी दिए।मंसिर ४ गते मतदानका दिन कांग्रेस-एमालेका कार्यकर्ताबीच झडप भएपछि बुढीनन्दा नगरपालिकाको वडा नम्बर ७ मा पुन मतदान गरिएको थियो ।अन्य स्थानमा पनि एक पक्षले पुनः मतदान र अर्को पक्षले मतगणना सुरु गर्न माग गरेपछि त्यहाँको मतगणना सुरु हुन सकेको थिएन। झडपका कारण एक युवको प्रहरीको गोली लागेर