वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि हेटौंडा उपमहानगरपालिकाको सदस्य पदमा मनोनयन दर्ता गराएका नेकपा एकीकृत समाजवादीका एकजना उम्मेदवारको मनोनयन खारेज भएको छ ।हेटौंडा उपमहानगरपालिका १ मा खुल्लातर्फको सदस्य पदमा उम्मेदवारी दिएका एकीकृत समाजवादीका पवन थोकरको उम्मेदवारी खारेज भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय,हेटौंडाले जनाएको छ । दुई सदस्य पदका लागि ३ जनाको उम्मेदवारी परेको र त्यस उपर छानविनको क्रममा थोकरको उम्मेदवारीमा पार्टीको सिफारिस प्रमाणित हुन नसके पछि उम्मेदवारी खारेज गरिएको कार्यालयले