काठमाण्डाै - आउँदो माघ १२ गते हुने राष्ट्रिय सभाको चुनावका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ ।
बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुने निर्वाचन आयोगले जनाएको छ । चुनावमा १२ राजनीतिक दलले भाग लिने छन् । आयोगले आउँदो २५ गते उम्मेदवारलाई चुनाव चिह्न दिने आयोगका सहायक प्रवक्ता कोमल धमलाले जानकारी दिनुभयो ।
चुनाव चिह्न दिएसँगै निर्वाचन आचारसंहिता सबैका लागि लागू गराउने आयोगले जनाएको छ । आउँदाे फागुन २० गते नेकपा एमालेका आठ, नेकपा एकीकृत समाजवादीका चार, नेकपा माओवाद...