थप २ लघुवित्तले मागे आईपिओ निष्काशन अनुमति

थप २ वटा लघुवित्त कम्पनीले आईपिओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । अभियान लघुवित्त र आत्मानिर्भर लघुवित्तले शेयर निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएका हुन् । अभियान लघुवित्तले ९ करोड ७५ लाख बराबरको ९ लाख ७५ हजार कित्ता शेयर निष्काशनको अनुमति माग गरेको हो । शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले चैत्र ३० गते बोर्डमा आवेदन दिएको हो ।त्यस्तै आत्मानिर्भर लघुवित्तले २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको २ लाख ३ हजार ३ सय ८० कित्ता शेयर निष्काशनको अनुमति माग गरेको हो । शेयर निष्काशनको लागि सनराइज क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले चैत्र २१ गते बोर्डमा आवेदन दिएको हो ।

सम्बन्धित सामग्री

इस्टर्न हाइड्रोपावर र खप्तड लघुवित्तले पाए आईपिओ निष्काशन अनुमति

इस्टर्न हाइड्रोपावर र खप्तड लघुवित्तले  आईपिओ निष्काशन अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्डले इस्टर्नलाई साउन ९ गते र खप्तडलाई साउन १० गते अनुमति प्रदान गरेको हो । इस्टर्न हाइड्रोपावर कम्पनीले मङ्सिर २४ गते बोर्डमा आवेदन दिएको थियो । कम्पनीले आयोजना प्रभावित स्थानीय र आम सर्वसाधारणको लागि १२ करोड ४० लाख रुपैयाँ बराबरको १२ लाख ४० हजार कित्ता शेयर निष्काशनको लागि अनुमति पाएको हो । बोर्डबाट अनुमति पाएसंगै अब कम्पनीले शेयर निष्काशन गर्ने छ । शेयर निष्काशनको लागि एनएमबि क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।कम्पनीले भोजपुर जिल्लामा ५ मेगावाटको पिखुवा खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ । त्यस्तै भोजपुर मै १४.१ मेगावटको इर्खुवा जलविद्युत आयोजनाको सर्भे गरिरहेको छ । त्यस्तै  खप्तड लघुवित्त वित्तीय संस्था बैशाख ११ गते बोर्डमा आवेदन दिएको थियो । कमपनीले  सर्वसाधारणलाई १ करोड ३२ लाख रकम बराबरको १ लाख ३२ हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको हो । खप्तडको अधिकृत पूँजी रु.१० करोड, जारी पूँजी रु.४ करोड र हाल संस्थापकहरुबाट चुक्ता पूँजी रु.२ करोड ६८ लाख रहेको छ  । सर्वसाधारणलाई शेयर निष्काशन पश्चात संस्थाको चुक्ता पूँजी रु.४ करोड हुनेछ। सुदूरपश्चिममा कार्यक्षेत्र रहेको यस लघुवित्तको केन्द्रीय कार्यालय कैलालीको गोदावरीमा रहेको छ  । शेयर निष्काशनको लागि कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ ।

अभियान लघुवित्त, धौलागिरी लघुवित्त र सिक्लेस हाइड्रोले पाए आईपिओ निष्काशन अनुमति

अभियान लघुवित्त, धौलागिरी लघुवित्त र सिक्लेस हाइड्रोले आईपिओ निष्काशन अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्डले असार २४ गते यी २ लघुवित्त कम्पनीलाईआईपिओ निष्काशनको लागि अनुमति प्रदान गरेको हो । सिक्लेस हाइड्रोले असार २३ मा अनुमति पाएको हो  ।बोर्डको अनुमति पाएसंगै धौलागिरी लघुवित्तले ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता साधारण शेयर निष्काशन गर्ने  छ । साधारण शेयर निष्काशनको लागि लघुवित्तले सन्राइज क्यापिटललिई निष्काशन तथा बिक्रि प्रबन्धक तोकेको छ । वित्तीय संस्थाको जारी पूँजी १० करोड ३१ लाखको ३२.१०४७५३ प्रतिशत बराबरको साधारण शेयर निष्काशन गर्न लागेको हो । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको यस वित्तीय संस्थाले बाग्लुङ्ग नगरपालिका—२, श्रीनगर टोल, बाग्लुङ्गमा रजिष्टर्ड कार्यालय मार्फत आफ्नो कारोबार संचालन गर्दै आइरहेको छ । वित्तीय संस्थाले आफ्नो ४४ वटा शाखा कार्यालहरु र २ वटा उपशाखाहरु स्थापना गरी सेवाग्राहीहरुलाई लघुवित्त कारोबार गर्दै आइरहेको छ ।त्यस्तै अभियान लघुवित्तले १०० अंकित दरको ९ लाख ७५ हजार कित्ता साधारण शेयरहरु सर्वसाधारणहरुमा निष्काशन गर्ने छ।  हाल कम्पनीको अधिकृत पूँजी रु.३० करोड, जारी पूँजी रु.२५ करोड, र चुक्ता पूँजी रु.१५ करोड २५ लाख रहेको छ। सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात वित्तीय संस्थाको चुक्ता पूँजी रु.२५ करोड हुनेछ। शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ  । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनी ऐन, २०६३ अन्तर्गत पब्लिक लिमिटेड कम्पनीको रुपमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भई मिति २०७६÷६÷१ गते नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न इजाजतपत्र प्राप्त गरी राष्ट्रिय स्तरको “घ” बर्गको वित्तीय संस्थाको रुपमा स्थापित तथा संचालित लघुवित्त वित्तीय संस्था हो । यस वित्तीय संस्थाले २०७६ साल मंसीर महिना १ गतेदेखि आफ्नो वित्तीय कारोवारको शुुभारम्भ गरेको हो । कम्पनीको केन्द्रीय कार्यालय पनौती, काभ्रेमा रहेको छ । त्यस्तै सिक्लेस हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय र सर्बसाधारणलाई गरि २० करोड बराबरको २० लाख कित्ता आईपीओ निष्काशनको लागि अनुमति पाएको हो।  कम्पनीले विक्री प्रबन्धकमा  बिओके क्यापिटल रहेको छ।

बिपीडब्लु लघुवित्तले माग्यो आईपिओ निष्काशन अनुमति

बिपीडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपिओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले असार  ८ गते बोर्डमा आवेदन दिएको हो ।कम्पनीले सर्वसाधारणको लागि प्रति कित्ता एक सय रुपैयाँका दरले ९७ हजार कित्ता आइपीओ निष्काशन गर्न अनुमति माग गरेको हो। सेयर निष्काशन तथा बिक्रि प्रबन्धकको लागि बिपीडब्लुले मेगा क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ। बिपीडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको अधिकृत र जारी पुंजी ३ करोड रहेको छ । जसमा  २ करोड ३ लाख रुपैयाँ संस्थापक सेयरहरुले हालेका छन् भने ९७ लाख रुपैयाँ सर्वसाधारणलाई आइपीओ जारी गरेर उठ्नेछ।   कम्पनीको केन्द्रीय कार्यालय बनेपामा रहेको छ ।

आदर्श लघुवित्तले असार १ गतेदेखि सर्बसाधारणलाई आईपिओ निष्काशन गर्ने

आदर्श लघुवित्त वित्तीय संस्थाले असार १ गतेदेखि सर्बसाधारणलाई आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले  ६७ लाख बराबरको जम्मा ६७ हजार कित्ता शेयर सर्वसाधारणको निमित्त निष्काशन गर्न लागेको हो । जस मध्ये १ हजार ३५ कित्ता कम्पनीको कर्मचारीको लागि सुरक्षित गरिएको छ, भने ३ हजार ३ सय ५० कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ  । बाँकी रहेको ६२ हजार ६ सय १५ कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन्  । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १००० कित्ताको लागि दिन सकिने छ  ।  लगानीकर्ताले असार ६ गतेसम्म आईपिओमा आवेदन दिन सक्ने छन्  ।  शेयर निष्काशनको लागि बिओके क्यापिटल बिक्रि प्रबन्धक रहेको छ  ।  हाल कम्पनीको चुक्ता पुँजी १ करोड ४० लाख रहेकोमा आईपिओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी २ करोड ७ लाख पुग्ने छ  ।  नेपाल धितोपत्र बोर्डले जेठ १० गते मंगलबार कम्पनीलाई आईपिओ निष्काशनको लागि अनुमति प्रदान गरेको हो  ।  कम्पनीले शेयर निष्काशनको अनुमति माग गर्दै असोज २० गते बोर्डमा आवेदन दिएको थियो ।   कम्पनीको केन्द्रिय कार्यालय काभ्रेको बनेपामा रहेको छ  ।

धौलागिरी लघुवित्तले माग्यो आईपिओ निष्काशन अनुमति

धौलागिरी लघुवित्तले आईपिओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले फागुन २३ गते बोर्डमा आवेदन दिएको हो । कम्पनीले सर्वसाधारणलाई  प्रति शेयर १०० अंकित दरका ३ करोड ३१ लाख बराबरको ३ लाख ३१ हजार कित्ता शेयर निष्काशनको लागि अनुमति माग गरेको हो । शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।धौलागिरी लघुवित्त वित्तिय संस्था लिमिटेड नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजत प्राप्त राष्ट्रिय स्तरको लघुवित्त संस्था हो । प्रधान कार्यालय बागलुङ्ग जिल्लाको बागलुङ्ग नगरपालिका वार्ड नं. २,  नगर टोलमा अवस्थित यस संस्थाले २०७५ फाल्गुण १ देखि वित्तिय कारोबार गर्दै आइरहेको छ ।

उपकार लघुवित्तले पायो आईपिओ निष्काशन अनुमति

उपकार लघुवित्तले आईपिओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले चैत्र ७ गते सोमबार कम्पनीलाई आईपिओ निष्काशनको अनुमति दिएको हो ।कम्पनीले  प्रति शेयर १०० अंकित दरका २ करोड ६६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ६६ हजार २ सय ५० कित्ता आइपिओ निष्काशन गर्न  अनुमति पाएको हो  ।  कम्पनीले आईपिओ निष्काशन गर्नको लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गलाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ।कम्पनीको मुख्य कार्यालय बाँकेमा रहेको छ ।

एकसाथ ५ कम्पनीले पाए आईपिओ निष्काशन अनुमति, कुनको कति ?

नेपाल धितोपत्र बोर्डले एक साथ ५ कम्पनीलाई आईपिओ निष्काशनको अनुमति दिएको छ । बुधबार बसेको बोर्डको संचालक समितिको बैठकले ५ वटा कम्पनीलाई आईपिओ निष्काशनको अनुमति दिने निर्णय गरेको हो । बुधबार बोर्डका संचालक समिति सदस्य शोभाकान्त पौडेलको अध्यक्षता बसेको संचालक समितिको बैठकले आईपिओ निष्काशनको अनुमति दिएको हो । बोर्ड अध्यक्ष नहुँदा सदस्यहरु मध्ये एक जनाले बोर्ड बैठकको अध्यक्षता गर्ने ब्यबस्था अनुसार अर्थ मन्त्रालयबाट बोर्डमा प्रतिनिधित्व गरेका पौडेलले नै हाल बोर्ड बैठकको अध्यक्षता गर्दै आएका छन् । बोर्डका कार्यकारी निर्देशक निरज गिरीले पौडेलको अध्यक्षतामा बुधबार बसेको बोर्ड बैठकले आईपिओ निष्काशनको लागि ५ कम्पनीलाई अनुमति दिने निर्णय भएको बिजपाटीलाई बताए । उनका अनुसार बलेफी हाइड्रोपावर कम्पनी, ग्रिन भेन्चर लिमिटेड, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्थालाई आईपिओ निष्काशनको लागि अनुमति प्रदान गरिएको हो ।यस संगै अब बलेफी हाइड्रोपावर कम्पनीले अंकित मूल्य प्रतिकित्ता १ सयका दरले ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ र ग्रिन भेञ्चरले ६२ करोड ५० लाख रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने छन् । त्यस्तै जाल्पा लघुवित्तले ५ करोड २२ लाख, राष्ट्र उत्थानले ८ करोड ५० लाख र नेस्डो लघुवित्तले ८ करोड २८ लाख रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने छन् ।सर्वोत्तम शेयरको प्रकरण बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई सरकारले निलम्बन गरेदेखि नै आईपिओ अनुमति दिने प्रक्रिया रोकिएको थियो। हाल सरकारले ढुंगानालाई बर्खास्त गरि नयाँ अध्यक्ष नियुक्तिको लागि प्रक्रिया थालेको छ ।

आदर्श लघुवित्तले माग्यो आईपिओ निष्काशनको अनुमति

आदर्श लघुवित्त वित्तीय संस्थाले आईपिओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले असोज २० गते बोर्डमा आवेदन दिएको हो । आदर्श लघुवित्तले आफ्नो जारी पूँजी रु. २ करोडको ३० प्रतिशतले हुन आउने जम्मा रकम रु. ६० लाख बराबरको जम्मा ६० हजार कित्ता शेयर सर्वसाधारणको निमित्त निष्काशन गर्न अनुमति माग गरेको हो । शेयर निष्काशनको लागि बि.ओ.के. क्यापिटल बिक्रि प्रबन्धक रहेको छ।  कम्पनीको केन्द्रिय कार्यालय काभ्रेको बनेपामा रहेको छ  । कम्पनीको अधिकृत पुंजी ४ करोड, जारी पुंजी २ करोड र चुक्ता पुंजी १ करोड ४० लाख रहेको छ ।

सिवाईसी नेपाल लघुवित्तले माग्यो आईपिओ निष्काशन अनुमति

सिवाईसी नेपाल लघुवित्तले आईपिओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ  । कम्पनीले असोज ११ गते बोर्डमा आवेदन दिएको हो  । कम्पनीले सर्वसाधारण (वित्तीय संस्थाका कर्मचारी र सामुहिक लगानी कोष समेत) लाई प्रति कित्ता १०० अंकित  दरको ३ लाख ९५ हजार ३३६  कित्ता साधारण शेयर सार्वजनिक गर्न लागेको हो । बोर्डबाट अनुमति पाएपछि कम्पनीले आईपिओ निष्काशन गर्ने छ  ।बाग्लुङ जिल्लाको बाग्लुङ बजारमा केन्द्रीय कार्यालय रहेकोे नेपाल राष्ट्र बैंकबाट ईजाजतपत्र प्राप्त “घ” वर्गको राष्ट्रियस्तरको यस लघुवित्त वित्तीय संस्थाले हालै मात्र म्याग्दी जिल्लाको बेनीमा केन्द्रीय कार्यालय राखी गण्डकी प्रदेशमा मात्र लघुवित्त कारोबार गरिरहेको शालीग्राम लघुवित्त वित्तीय संस्थालाई नेपाल राष्ट्र बैकको स्वीकृति लिई एक्विजिशन (प्राप्ति) गरेको छ । एक्विजिशन (प्राप्ति) पश्चात् वित्तीय संस्थाको अधिकृत पुँजी २० करोड रुपैयाँ र जारी पुँजी १२ करोड १६ लाख ४१ हजार ८ सय ३७.०४ रुपैयाँ रहेको छ । संस्थापक समुहको ६७.५० प्रतिशत शेयर रहेको यस वित्तीय संस्थामा १ वटा संस्था सहित ९९ जना संस्थापक शेयरधनीहरुबाट ८ करोड २१ लाख ८ हजार २ सय ४० रुपैयाँ बराबरको शेयरपुँजी चुक्ता भैसकेको छ ।  वित्तीय संस्थाले हाल ३७ वटा शाखा कार्यालयहरु मार्फत राष्ट्रियस्तरमा ४७ हजार भन्दा बढी विपन्न परिवारलाई समूहमा आवद्ध गरी वित्तीय सेवा दिंदै आईरहेको छ । विगत २१ वर्ष देखि नेपाल राष्ट्र बैंकबाट वित्तीय मध्यस्थकर्ताको कारोवार गर्ने इजाजत लिई लघुवित्तीय कारोबार गर्दै आईरहेको चारतारे युवा क्लब, नेपालले नेपाल राष्ट्र बैंकबाट सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नाउँमा मिति २०७५ साल माघ २८ गते ईजाजतपत्र प्राप्त गरी मिति २०७५ चैत १ गतेका दिनदेखि सम्पूर्ण वित्तीय कारोबारहरु यथावत रुपमा सञ्चालन गर्दै आएको छ ।