आदर्श लघुवित्तले माग्यो आईपिओ निष्काशनको अनुमति

आदर्श लघुवित्त वित्तीय संस्थाले आईपिओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले असोज २० गते बोर्डमा आवेदन दिएको हो । आदर्श लघुवित्तले आफ्नो जारी पूँजी रु. २ करोडको ३० प्रतिशतले हुन आउने जम्मा रकम रु. ६० लाख बराबरको जम्मा ६० हजार कित्ता शेयर सर्वसाधारणको निमित्त निष्काशन गर्न अनुमति माग गरेको हो । शेयर निष्काशनको लागि बि.ओ.के. क्यापिटल बिक्रि प्रबन्धक रहेको छ।  कम्पनीको केन्द्रिय कार्यालय काभ्रेको बनेपामा रहेको छ  । कम्पनीको अधिकृत पुंजी ४ करोड, जारी पुंजी २ करोड र चुक्ता पुंजी १ करोड ४० लाख रहेको छ ।

सम्बन्धित सामग्री

नेप्सेमा आदर्श लघुवित्तको शेयर कारोबार रोक्का

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आदर्श लघुवित्तको शेयर कारोबार रोक्का भएको छ । आदर्श लघुवित्तलाई डिप्रोक्स लघुवित्तले प्राप्ति गर्ने सम्झौता गरेसँगै नेप्सेमा आदर्शको कारोबार रोक्का भएको हो । गत असोज १४ गते  डिप्रोक्सले आदर्श लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर गरेको हो। यस सम्बन्धि समझदारीपत्रमा डिप्रोक्सका अध्यक्ष दिपक खनाल र आदर्शका अध्यक्ष सूर्यकुमारी श्रेष्ठले हस्ताक्षर गरेका छन्। प्राप्ति सम्बन्धि बिषयमा काम गर्नलाई बासुप्रसाद उपाध्यायको संयोजकत्वमा सयुक्त प्राप्ति (एक्विजिशन) समिति गठन  समेत भएको छ। बासुप्रसाद उपाध्याय संयोजक रहेको उक्त समितिमा श्यामकृष्ण दाहाल, सुसन कर्माचार्य, प्रभा धिताल कोईराला सदस्य रहेका छन्। लघुवित्त क्षेत्रमा देखा परेको दोहोरो प्रतिस्पर्धा, धेरै संस्थाहरुले एउटै सदस्यलाई लगानीका कारणले सृजना भएको अवस्था र यसले देशको अर्थतन्त्रमा पार्न सक्ने दूरगामी प्रभावको कारणले गर्दा लघुवित्त वित्तीय संस्थाहरुको भविष्य विगतको जस्तै प्रतिफलमूलक बनाई राख्नु पर्ने भएकाले प्राप्ति सम्बन्धि सम्झाता गरेर एक भएर अगाडी बढ्ने निर्णय गरिएको जनाईएको छ। चितवनमा केन्द्रिय कार्यालय रहेको डिप्रोक्स लघुवित्त २०५७ पौष २८ गतेमा दर्ता भई २०५८ आषाढ १९ गते कारोबार थालेको घ बर्गको लघुवित्त हो भने बागमती प्रदेश, काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिकामा केन्द्रिय कार्यलय रहेको आदर्श लघुवित्त २०७५ जेष्ठ ९ गतेमा दर्ता भई २०७५ कार्तिक २५ गते कारोबारमा आएको संस्था हो। आदर्शले केहि समय अगाडी मात्र आईपिओ निष्काशन गरेको हो । आईपिओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी २ करोड ७ लाख पुगेको छ  ।

आदर्श लघुवित्तले असार १ गतेदेखि सर्बसाधारणलाई आईपिओ निष्काशन गर्ने

आदर्श लघुवित्त वित्तीय संस्थाले असार १ गतेदेखि सर्बसाधारणलाई आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले  ६७ लाख बराबरको जम्मा ६७ हजार कित्ता शेयर सर्वसाधारणको निमित्त निष्काशन गर्न लागेको हो । जस मध्ये १ हजार ३५ कित्ता कम्पनीको कर्मचारीको लागि सुरक्षित गरिएको छ, भने ३ हजार ३ सय ५० कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ  । बाँकी रहेको ६२ हजार ६ सय १५ कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन्  । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १००० कित्ताको लागि दिन सकिने छ  ।  लगानीकर्ताले असार ६ गतेसम्म आईपिओमा आवेदन दिन सक्ने छन्  ।  शेयर निष्काशनको लागि बिओके क्यापिटल बिक्रि प्रबन्धक रहेको छ  ।  हाल कम्पनीको चुक्ता पुँजी १ करोड ४० लाख रहेकोमा आईपिओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी २ करोड ७ लाख पुग्ने छ  ।  नेपाल धितोपत्र बोर्डले जेठ १० गते मंगलबार कम्पनीलाई आईपिओ निष्काशनको लागि अनुमति प्रदान गरेको हो  ।  कम्पनीले शेयर निष्काशनको अनुमति माग गर्दै असोज २० गते बोर्डमा आवेदन दिएको थियो ।   कम्पनीको केन्द्रिय कार्यालय काभ्रेको बनेपामा रहेको छ  ।