गोदावरी नगरपालिका–४ बडिखेलका २२३ जनालाई दसैँको अवसर पारेर राहत वितरण गरिएको छ । रिड नेपाल तथा शान्त्ति भोलेन्टियर एसोसिएसनको आर्थिक सहयोगमा आज समुदायमा कोरोनाले पु¥याएको असरलाई दृष्टिगत गरी खाद्यान्नलगायत पौष्टिक आहारका साथै स्वास्थ्य सामग्रीसमेत वितरण गरिएको थियो ।
गोदावरी सामुदायिक पुस्तकालय स्रोत केन्द्रका अध्यक्ष वशिष्ठ अधिकारीले अति विपन्न १०२ वडावासीलाई खाद्यान्नका साथै बाँकी १२१ महिला तथा अपाङ्गता भएका व्यक्ति, विपन्न, गरिब तथा दैनिक ज्यालादारी गर्र्ने गर्भवती, सुत्केरीका साथै ज्...